default_image

9 years ago

February 19, 2017

बाल्मिकी चितवन एक्सपर्ट स्कुल क्रिकेट लिग च्याम्पियन

151 views

0 Bookmark

राकेश तिमल्सिना भरतपुर – भरतपुरको बाल्मिकी शिक्षा सदनले राष्ट्रव्यापी एक्सपर्ट स्कुल क्रिकेट लिग चितवनको उपाधि जितेको छ । भरतपुरको एडभेन्चर इंग्लिस स्कुललाई ७१ रनले पाखा लगाउदै बाल्मिकी च्याम्पियन बनेको हो ।

winner

विशाल चोकस्थित नौ बिगाहा मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको बाल्मिकीले २३.५ ओभरमा अलआउट हुदै १ सय २८ रन बनायो । टोलीका लागि विशाल भट्टराई २१ र समिर अधिकारीले १८ रन जोडे । एडभेन्चरका प्रयास गौतमले ३ तथा सुजन थापा र पर्वत श्रेष्ठले समान २ विकेट लिए । १ सय २९ रनको विजय लक्ष्य पछ्याएको एडभेन्चरले १६.५ ओभरमा सबै विकेट गुमाउदै ५७ रनमात्र बनाउन सक्यो । टोलीका लागि सुजन थापाले १३ रन बाहेक अन्य खेलाडीले दोहारो अंकमा रन बनाउन सकेनन् । बाल्मिकीका अनुराग सुवेदीले ४ र सुजन भट्टराईले ३ विकेट लिए ।

अब बाल्मिकीले अन्य ७ क्षेत्रको विजेतासँग च्यापियन्स ट्रफीका लागि प्रतिस्पर्धा गर्नेछ । उत्कृष्ट बलिङ गरेका बाल्मिकीका अनुराग सुवेदी प्लेयर अफ द म्याच घोषित भए । खेल हेर्न आएका दर्शकमध्येबाट सोनम गुरुङ लक्की ड्र मार्फत एक्सपर्ट फ्यान अफ द डे घोषित भइन् । उनलाई मुख्य प्रायोजक एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेसले रु २ हजार प्रदान गर्यो । त्यस्तै, प्रतियोगिताको उत्कृष्ट ब्याट्सम्यान सनराइजका आशिष लम्साल घोषित भए । उत्कृष्ट बलरको उपाधि एडभेन्चरका प्रयास गौतमले प्राप्त गरे । उत्कृष्ट फिल्डरमा एडभेन्चरका पवन घले पुरस्कृत भए । म्यान सिरिजको उपाधि एडभेन्चरका विकेटकिपर विनोद गुरुङले प्राप्त गरे ।

चितवन र आसपासका १० विद्यालयको सहभगितामा सञ्चालन भएको प्रतियोगिता माघ २८ देखि सञ्चालन भएको थियो ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.