default_image

12 months ago

December 20, 2024

एनपिएल फाइनल – फेरि एक पटक सुदूरपश्चिम जनकपुरको परीक्षा

713 views

0 Bookmark

काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो संस्करणले शनिवार विजेता पाउनेछ।

उपाधिका सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सले एकअर्काको सामना गर्नेछन्। कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा दिउँसो १२ बजे फाइनल सुरु हुनेछ ।

लिग चरणमा शीर्ष स्थानमा रहँदै सुदूरपश्चिम र दोस्रोमा रहँदै जनकपुर प्ले अफमा पुगेको थियो ‌। लिग र पहिलो क्वालिफायर दुवैमा सुदूरपश्चिम विजयी भएको थियो। एनपिएलमा यो दुई टोलीको भेट तेस्रो हुनेछ।

उपाधि जित्ने दुवै कप्तानको दाबी

फाइनल दुवै टोलीका कप्तानले आफूहरुले उपाधि जित्नेमा आशावादी रहेको बताए। सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले आफुहरुले लिग चरण देखि अहिलेसम्म आउँदा राम्रो प्रदर्शन गरेको बताए । फाइनलमा पनि सोहि लयलाई निरन्तरता दिने प्रयास गर्ने उनको भनाई थियो।

‘हाम्रो प्रदर्शन कस्तो रह्यो तपाइहरु सबैले देख्नु भएको नै छ । आज पनि २ घण्टा अभ्यास गर्यौ,’ कप्तान ऐरीले भने ‘समग्रमा हाम्रो तयारी राम्रो नै रहेको छ । उपाधि जित्ने अन्तिम तयारीमा छौं ।’

खेलाडीहरु सबै जना लयमा रहेको कारण उपाधि जित्नेमा जनकपुरका कप्तान आसिफ शेख पनि ढुक्क देखिए ।

‘अहिलेसम्मका खेलहरु राम्रै भएको छ । फरक फरक विकेटमा खेल्दै लो स्कोरिङ र हाइ स्कोरिङ म्याचहरु खेलेका छौं,’ कप्तान आसिफले भने ‘सबै जना राम्रो लयमा देखिरहनु भएको छ । अब लास्ट १ गेम बाँकी रहेको छ । यसमा राम्रो प्रदर्शन गर्नेमा ढुक्क छौ ।’

जनकपुरमाथि सुदूरपश्चिम हाबी

लिग चरण र पहिलो क्वालिफायरमा जनकपुर र सुदूरपश्चिमले एक अर्काको सामना गरेका थिए । दुवै भेटमा सुदूरपश्चिमले जनकपुरमाथि सहज जित हात पारेको थियो । लिग चरणको १८औं खेलमा सुदूरपश्चिम र जनकपुर आमनेसामने भएका थिए । लिग चरणको खेलमा सुदूरपश्चिमले जनकपुरलाई ७२ रनको फराकिलो हार चखाएको थियो ।

सुदूरपश्चिमले दिएको १ सय २४ रनको लक्ष्य पछ्याउने क्रममा जनकपुर ५१ रनको झिनो स्कोरमा समेटिएको थियो । लिग चरणमा शीर्ष दुईमा रहेका यि दुवैले पहिलो क्वालिफायर खेलेका थिए । बुधवारको पहिलो क्वालिफायरमा यि आमनेसामने भएका थिए । पहिलो क्वालिफायरमा पनि जनकपुरमाथि हाबी सुदूरपश्चिमले ८ विकेटको फराकिलो जित हात पारेको थियो ।

पहिलो क्वालिफायर जित्दै सुदूरपश्चिमले सिधै फाइनल यात्रा तय गरेको थियो । जनकपुर भने दोस्रो क्वालिफायरको बाटो हुँदै फाइनलसम्म पुगेको हो । दोस्रो क्वालिफायरमा जनकपुरले इलिमिनेटको विजेता कर्णाली याक्समाथि २ विकेटको कठिन जित हात पारेको थियो ।

एनपिएलको एल क्लासिको भिडन्त

एनपिएलमा समर्थकका हिसाबले जनकपुर र सुदूरपश्चिमबीचको खेललाई एल क्लासिको भिडन्तका रुपमा लिइन्छ । एनपिएलको टिमहरुमा फ्यानबेसमा पनि सुदूरपश्चिम अगाडि छ। जनकपुर पनि‌ समर्थक भएको टोली हो । यि दुईबीचको उपाधी भिडन्तले मैदान तातिने नै छ । त्यो भन्दा बढी मैदान बाहिर तातोपन देखिने पक्का छ ।

दुवै टोलीको सम्भावित प्लेइङ-११

जनकपुरका नियमित कप्तान अनिल शाहको अनुपस्थितीले टोलीको केही सन्तुलन बिग्रेको छ । यद्यपी टोलीमा विकल्प छ । जनकपुरले फाइनल खेलमा पनि दोस्रो क्वालिफायरमा खेलाएको सेट नै मैदान उतार्ने सम्भावना छ ।

जनकपुर बाेल्ट्सकाे सम्भावित प्लेइङ-११

आकाश त्रिपाठी, आसिफ शेख, लाहिरु मिलान्था(विकेटकिपर), हर्ष ठाकर, जेमी निशम, शुभ कसांकार, मोहम्मद मोहसिन, शेर मल्ल, मयन यादव, किशोर महतो र ललित राजवंशी।

कप्तान दीपेन्द्रसिंह ऐरी लगायत धेरै आफ्नै क्षेत्रका खेलाडीलाई टोलीमा राखेको सुदूरपश्चिम प्रतियोगिताको बलियो टोलीका रुपमा फाइनल पुगेको छ । सुदूरपश्चिमले पनि पहिलो क्वालिफायरमा जनकपुरविरुद्ध खेलेको टिमलाई निरन्तरता दिने सम्भावना छ ।

सुदूरपश्चिम रोयल्सको सम्भावित प्लेइङ-११

दीपेन्द्रसिंह ऐरी, हर्मित सिंह, विनोद भन्डारी(विकेटकिपर), ब्रेन्डन मक्मेलन, सेफ जेब, आरिफ शेख, इशान पान्डे, स्कट कुगेलेन, नरेन साउद, अभिनाष बोहोरा र नरेश बुढाऐर।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.