12 months ago
December 21, 2024
काठमाडौं(हाम्रो खेलकुद) – ओपनर लाहिरु मिलन्थाको आक्रामक अर्धशतकमा जनकपुर बोल्ट्सले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) को उपाधि जितेको छ ।
कीर्तिपुरको टियु मैदानमा शनिवार भएको फाइनलमा सुदूरपश्चिम रोयल्सलाई ५ विकेटले हराउँदै जनकपुरले एनपिएलको पहिलो संस्करणको उपाधि जितेको हो।
च्याम्पियन जनकपुरले ट्रफी सहित १ करोड १० लाख रुपैयाँ प्राप्त गर्नेछ । दोस्रो भएको सुदूरपश्चिमले ५१ लाख रुपैयाँ प्राप्त गर्नेछ ।
१ सय ८५ रनको लक्ष्य जनकपुरले १९.२ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । जनकपुरका मिलान्थाले सर्वाधिक ८७ रन जोडे ।
मिलान्थाले ४९ बलमा ९ चौका र ४ छक्का प्रहार गरे । लिगको दोस्रो अर्धशतक उनले ३१ बलमा पूरा गरे । १२औं ओभरको पहिलो बलमा मिलन्थाले जीवनदान पाएका थिए । उनलाई कप्तान दीपेन्द्रसिंह ऐरीले आफ्नै बलमा क्याच छोडेका थिए ।
त्यो समयमा मिलान्था ६५ रन बनाएका थिए । दुई वर्ष अघि भएको नेपाल टि ट्वान्टी लिगमा विराटनगर किंग्सलाई फाइनलमा पराजित गर्दा मिलान्थाले सर्वाधिक ४१ रन जोडेका थिए ।
पहिलो विकेटका लागि मिलान्था र आसिफ शेखले ४२ बलमा ७३ रनको साझेदारी गरे । आसिफले १९ बलमा ४ चौका र २ छक्काको सहयोगमा ३३ रन जोडे ।
आसिफ अलि जेबको बलमा ब्राण्डन मक्मुलनबाट समातिए । हर्ष ठाकरले २४ बलमा २ छक्काका साथ नट आउट ३० रन जोडे । मोहम्मद मोहसिन ८ बलमा ९ रन बनाउँदै इशान पाण्डेको बलमा बोल्ड भए ।
जेम्स निशम ४ जोड्दै कप्तान दीपेन्द्रको बलमा बोल्ड आउट भए । सुदूरपश्चिमका लागि दीपेन्द्र, स्कट कुग्गेलेइन, जेब र इशान पाण्डेले समान १ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ८४ रनको बलियो योगफल तयार गरेको थियो ।
सुदूरपश्चिमका जेबले सर्वाधिक ६९ रन जोडे । उनले ४३ बलमा ८ चौका र २ छक्का प्रहार गरे । जेबले एनपिएलमा आफ्नो दोस्रो अर्धशतक ३३ बलमा पूरा गरे ।
१२औं ओभरको पहिलो बलमा जेबले जीवनदान पाएका थिए । किशोर महतोको बलमा जेबको क्याच शेर मल्लले ड्रप गरेका थिए । त्यो समयमा जेबले ३९ बलमा ६४ रन जोडेका थिए । त्यसै ओभरको अन्तिम बलमा जेब बाउन्ड्री नजिकै ललितबाट समातिए ।
पहिलो विकेटका लागि जेबले अर्का ओपनर विनोद भण्डारीसँग मिलेर ७२ बलमा १ सय १७ रनको महत्वपूर्ण साझेदारी गरे । जेब आउट भएको अर्को ओभरमा विनोद पनि आउट भए । विनोदले ३१ बलमा १ चौका र ३ छक्काको सहयोगमा ४१ रन बनाए ।
हर्मित सिंह ८ बलमा १ छक्काको सहयोगमा १४ रन बनाउँदै आउट भए । उनी मोहम्मद मोहसिनको बलमा हेमन्त धामीबाट समातिए ।
ब्रेण्डन मक्मुलन १२ बलमा १ छक्काको सहयोगमा १४ रन बनाउँदै जेम्स निशमको बलमा बोल्ड आउट भए । १ सय १७ रन बनाउँदा कुनै विकेट नगुमाएको सुदूरपश्चिमले त्यसपछि निरन्तर विकेट गुमायो । उसले पछिल्लो ९ विकेट गुमाउँदा ६७ रन मात्र जोड्न सक्यो ।
कप्तान दीपेन्द्र ९, आरिफ शेख १ तथा स्कट कुग्गेलेइन ८ रनमा आउट भए ।
जनकपुरका लागि किशोर महतो र मोहम्मद मोहसिनले समान ३, ललित र जेम्स निशमले समान १ विकेट लिए ।
यो संस्करणमा यसअघि जनकपुर र सुदूरपश्चिमबीच दुई पटक भेट भएको थियो । दुवै खेलमा सुदूरपश्चिमले जनकपुरमाथि सहज जित हात पारेको थियो ।
पहिलो क्वालिफायर जित्दै सुदूरपश्चिमले सिधै फाइनल यात्रा तय गरेको थियो । जनकपुर भने दोस्रो क्वालिफायरको बाटो हुँदै फाइनलसम्म पुगेको थियाे । दोस्रो क्वालिफायरमा जनकपुरले इलिमिनेटको विजेता कर्णाली याक्समाथि २ विकेटको कठिन जित हात पारेको थियो ।
एनपिएलमा तेस्रो भएको कर्णाली याक्सले २५ लाख र चौथो चितवन राइनोजले १५ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले नेपाल प्रिमियर लिगको फाइनलमा ह्याट्रिक विकेट लिएका छन् । कीर्तिपुरस्थित टियु रंगशालामा जारी नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा रोहितले सुदूरपश्चिम विरुद्ध ह्याट्रिक विकेट लिएका हुन् । ब्याटिङमा संघर्ष गरिरहेको सुदूरपश्चिमविरुद्ध रोहितले ११ औं ओभरमा ह्याट्रिक पूरा गरेका हुन्। ११ औं ओभरको चौथो बलमा रोहितको बलिङमा सुदूरपश्चिमका […]