12 months ago
December 22, 2024
काटमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सका कप्तान तथा मार्की खेलाडी दीपेन्द्रसिंह ऐरीले ६५ लाख रुपैयाँ बराबरको कार जिते ।
शनिबार फाइनलमा सुदूरपश्चिम जनकपुर बोल्ट्सँग ५ विकेटले पराजित भएपनि दीपेन्द्रले अन्य चार दाबेदारलाई पछि पार्दै कार जितेका हुन् । दीपेन्द्रले कार जित्नुका तीन प्रमुख आधार भने यस प्रकार छन् ।
३. अलराउन्ड प्रदर्शन
सुदूरपश्चिमलाई फाइनलसम्म पुर्याउन दीपेन्द्रले ब्याटिङ, बलिङ र फिल्डिङ तीनै पक्षमा अलराउण्ड प्रदर्शन गरे । ९ खेलमा २ सय २७ रन बनाउनुको साथै उनले ९ विकेट लिएका थिए ।
च्याम्पियन जनकपुर बोल्ट्सका ललित नारायण राजवंशी अर्का दाबेदार थिए । ललितले १० खेलमा १७ विकेट लिदै सुदूरपश्चिमका स्कट कुग्लेइनसँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । ललितको प्रभाव जनकपुरको उपाधि होडमा निकै बलियो थियो । तर क्यानले उपविजेता रहेपनि अन्तत: दीपेन्द्रलाई नै कार दिने निर्णय गर्यो ।

२. टोलीको नतिजा
दीपेन्द्रको कप्तानीमा सुदूरले लिगमा चितवन र फाइनलमा जनकपुरसँग हार्न बाहेक सबै खेलमा जितेको थियो । कारको दाबेदारमा लुम्बिनी लायन्सका रोहित पौडेल (२७९ रन र ८ विकेट), चितवनका कुशल मल्ल (२ सय २३ रन र ९ विकेट) र रिजन ढकाल (१३ विकेट) का साथ दाबेदारमा थिए ।
प्रदर्शनको हिसाबमा दीपेन्द्र भन्दा रोहित अघि छन् । तर लुम्बिनी लिग चरणबाटै बाहिरियो । सर्वोत्कृष्ट अवार्डमा टोलीको नतिजा पनि निकै महत्त्वपूर्ण हुन्छ । त्यसपछि कुशल मल्ल र रिजन ढकाल दाबेदार थिए । तर चितवन पनि इलिमिनेटरबाटै बाहिरियो । त्यसैको कारण दीपेन्द्रलाई कार जित्न थप सहज भयो । ललित भने जनकपुरलाई उपाधि दिलाएपनि अभागी भए ।

१. दुई प्लेयर अफ द म्याच अवार्ड
एनपिएलमा दीपेन्द्रले दुई प्लेयर अफ द म्याच अवार्ड(कर्णाली र विराटनगर) विरुद्ध जितेका थिए । अन्य दाबेदार (रोहित, कुशल, ललित र रिजन ले १-१ प्लेयर अफ द म्याच अवार्ड जितेका थिए । सर्वोत्कृष्ट खेलाडीको मुल्यांकनमा खेलाडीले प्रतियोगिताभर पाउने अंकको पनि भूमिका हुन्छ । प्लेयर अफ द म्याचको अंकबाट बढी हुन्छ । दुई प्लेयर अफ द म्याच अवार्ड हुँदा दीपेन्द्रको अंक अन्यको तुलनामा धेरै भयो ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]