12 months ago
December 22, 2024
काटमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सका कप्तान तथा मार्की खेलाडी दीपेन्द्रसिंह ऐरीले ६५ लाख रुपैयाँ बराबरको कार जिते ।
शनिबार फाइनलमा सुदूरपश्चिम जनकपुर बोल्ट्सँग ५ विकेटले पराजित भएपनि दीपेन्द्रले अन्य चार दाबेदारलाई पछि पार्दै कार जितेका हुन् । दीपेन्द्रले कार जित्नुका तीन प्रमुख आधार भने यस प्रकार छन् ।
३. अलराउन्ड प्रदर्शन
सुदूरपश्चिमलाई फाइनलसम्म पुर्याउन दीपेन्द्रले ब्याटिङ, बलिङ र फिल्डिङ तीनै पक्षमा अलराउण्ड प्रदर्शन गरे । ९ खेलमा २ सय २७ रन बनाउनुको साथै उनले ९ विकेट लिएका थिए ।
च्याम्पियन जनकपुर बोल्ट्सका ललित नारायण राजवंशी अर्का दाबेदार थिए । ललितले १० खेलमा १७ विकेट लिदै सुदूरपश्चिमका स्कट कुग्लेइनसँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । ललितको प्रभाव जनकपुरको उपाधि होडमा निकै बलियो थियो । तर क्यानले उपविजेता रहेपनि अन्तत: दीपेन्द्रलाई नै कार दिने निर्णय गर्यो ।

२. टोलीको नतिजा
दीपेन्द्रको कप्तानीमा सुदूरले लिगमा चितवन र फाइनलमा जनकपुरसँग हार्न बाहेक सबै खेलमा जितेको थियो । कारको दाबेदारमा लुम्बिनी लायन्सका रोहित पौडेल (२७९ रन र ८ विकेट), चितवनका कुशल मल्ल (२ सय २३ रन र ९ विकेट) र रिजन ढकाल (१३ विकेट) का साथ दाबेदारमा थिए ।
प्रदर्शनको हिसाबमा दीपेन्द्र भन्दा रोहित अघि छन् । तर लुम्बिनी लिग चरणबाटै बाहिरियो । सर्वोत्कृष्ट अवार्डमा टोलीको नतिजा पनि निकै महत्त्वपूर्ण हुन्छ । त्यसपछि कुशल मल्ल र रिजन ढकाल दाबेदार थिए । तर चितवन पनि इलिमिनेटरबाटै बाहिरियो । त्यसैको कारण दीपेन्द्रलाई कार जित्न थप सहज भयो । ललित भने जनकपुरलाई उपाधि दिलाएपनि अभागी भए ।

१. दुई प्लेयर अफ द म्याच अवार्ड
एनपिएलमा दीपेन्द्रले दुई प्लेयर अफ द म्याच अवार्ड(कर्णाली र विराटनगर) विरुद्ध जितेका थिए । अन्य दाबेदार (रोहित, कुशल, ललित र रिजन ले १-१ प्लेयर अफ द म्याच अवार्ड जितेका थिए । सर्वोत्कृष्ट खेलाडीको मुल्यांकनमा खेलाडीले प्रतियोगिताभर पाउने अंकको पनि भूमिका हुन्छ । प्लेयर अफ द म्याचको अंकबाट बढी हुन्छ । दुई प्लेयर अफ द म्याच अवार्ड हुँदा दीपेन्द्रको अंक अन्यको तुलनामा धेरै भयो ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]