default_image

12 months ago

December 22, 2024

एनपिएल – सर्वाधिक रन र विकेटमा विदेशीको बाहुल्यता

1502 views

0 Bookmark

सागर अधिकारी ,काठमाडौं

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो संस्करण शनिवार सकिँदा प्रदर्शनमा विदेशी खेलाडीको दबदबा रह्यो ।

सुदूरपश्चिम रोयल्सलाई ५ विकेटले पराजित गर्दै जनकपुर बोल्ट्स एनपिएलको च्याम्पियन बनेको हो । जनकपुर र सुदूरपश्चिमलाई फाइनलको यात्रा गराउनेमा विदेशी खेलाडी प्रदर्शन स्मरणीय रह्यो ।

लिग चरण, प्लेअफ र फाइनल गरि एनपिएलमा ३२ खेल भएका थिए । सबैभन्दा बढी खेल च्याम्पियन जनकपुरले १०, दोस्रो सुदूरपश्चिम र तेस्रो भएको कर्णाली याक्सले समान ९ , चितवन राइनोजले ८ खेल खेलेका थिए ।

काठमाडौं गुर्खाज, विराटनगर किंग्स, पोखरा एभेन्जर्सले र लुम्बिनी लायन्सले ४ समान ७ खेल खेलेका थिए।
एनपिएलमा सर्वाधिक रन र विकेट लिने १० खेलाडी यस प्रकार छन् ।

सर्वाधिक रन बनाउने शीर्ष १०

एनपिएलमा सर्वाधिक रन बनाउने खेलाडी शीर्ष १० मा च्याम्पियन टोली जनकपुरका २ ,दोस्रो सुदूरपश्चिमका ४ , चितवनका २ तथा खेलाडी पोखरा र लुम्बिनीका समान १ खेलाडी छन् । शीर्ष १० भित्र ४ नेपाली तथा ६ विदेशी खेलाडी छन् ।

१) लाहिरु मिलन्था (जनकपुर)

जनकपुरलाई च्याम्पियन बनाउन मालिन्थाले फाइनलमा महत्वपूर्ण अर्धशतक बनाएका थिए । उनले लिगका १० खेलमा २ अर्धशतक सहित २ सय ९३ रन जोडेका थिए । मिलन्थाले फाइनल खेल तथा पहिलो खेलमा अर्धशतक बनाएका थिए ।

२) रवि बोपारा (चितवन)

इङ्ग्ल्याण्ड टोलीका पुर्व सदस्य रहेका अलराउण्डर रवि बोपारा पहिलो संस्करणको लिगमा सर्वाधिक(३) अर्धशतक बनाउने खेलाडी हुन् । चितवनको प्रतिनिधित्व गरेका बोपाराले ८ खेलमा ३ अर्धशतक सहित २ सय ८६ रन बनाए ।

३) रोहितकुमार पौडेल (लुम्बिनी)

रोहितकुमार पौडेल नेपाली खेलाडी मध्ये एनपिएलमा सर्वाधिक रन बनाउने खेलाडी हुन् । रोहितले लिगमा लुम्बिनी लायन्सको कप्तानी गरेका थिए । टोलीले एकपछि अर्को असफलताको सामना गरिरहँदा रोहित उत्कृष्ट ब्याटिङ प्रदर्शन गरे । उनले ७ खेलमा २ अर्धशतक सहित २ सय ७९ रन बनाए ।

४) सेफ अलि जेब (सुदूरपश्चिम)

प्रतियोगिताकै उत्कुष्ट खेलाडी भएका जेब सुदूरपश्चिम रोयल्समा आबद्ध थिए । उनले फाइनलमा सहित २ अर्धशतकका साथ ९ खेलमा २ सय ७५ रन जोडेका थिए ।

५) जेम्स निशम (जनकपुर)

प्रतियोगिताकै सर्वाधिक उच्च स्ट्राईक रेट(१ सय ९६.०३) मा रन जोडेका निशम जनकपुरमा आबद्ध रहेका थिए । उनले ९ खेलमा १ अर्धशतक सहित २ सय ४७ रन जोडे ।

६) विनोद भण्डारी (सुदूरपश्चिम)

प्रतियोगितामा नै उच्च लयमा देखिएका विनोदको योगदानले सुदूरपश्चिम रोयल्सले हरेक खेलमा राम्रो सुरुवात पाएको थियो । १ अर्धशतक प्रहार गरेका विनोदले ९ खेलमा २ सय ३५ रन जोडे ।

७) दीपेन्द्रसिंह ऐरी (सुदूरपश्चिम)

प्रतियोगिताकै उत्कृष्ट खेलाडी बन्दै कार पुरस्कार पाएका दीपेन्द्रको कप्तानीमा सुदूरपश्चिम रोयल्स उपविजेता भएको थियो । उनले ९ खेलमा १ अर्धशतक सहित २ सय ३५ रन बनाए।

८) आन्द्रेस गौस (पोखरा)

प्रतियोगितामा एक मात्र शतक प्रहार गर्ने आन्द्रेस गौस पोखरा एभेन्जर्समा आबद्ध रहेका थिए । उनले ६ खेलमा १ शतकको सहयोगमा २ सय २४ रन बनाए ।

९) कुशल मल्ल (चितवन)

चितवन राइनोजका कप्तान कुशल मल्लले प्रतियोगितामा १ अर्धशतक प्रहार गरेका छन् । उनले ८ खेलमा २ सय २३ रन बनाए।

१०) ब्राण्डन मक्मलेन (सुदूरपश्चिम)

सुदूरपश्चिम रोयल्समा आबद्ध मक्मलेनले प्रतियोगिताका ९ खेलमा २ सय १ रन बनाएका थिए । मक्मुलनको नाममा १ अर्धशतक रहेको छ ।

सर्वाधिक विकेट लिने शीर्ष १० खेलाडी

सर्वाधिक १० विकेट लिनेमा च्याम्पियन जनकपुरका ३, सुदूरपश्चिम, चितवन, काठमाडौं गुर्खाजका समान २ तथा कर्णाली याक्सका १ खेलाडी छन् । सर्वाधिक विकेटकर्ताको शीर्ष १० मा ५ नेपाली र ५ विदेशी खेलाडी छन् ।

१) स्कट कुग्गेलेइन – सुदुरपश्चिम रोयल्स – ९ खेलमा १७ विकेट
२) ललितनारायण राजवंशी – जनकपुर बोल्ट्स – १० खेलमा १७ विकेट
३) सोहेल तन्भिर – चितवन राइनोज – ८ खेलमा १४ विकेट
४) किशोर महतो – जनकपुर बोल्ट्स – १० खेलमा १४ विकेट
५) विपिन शर्मा – कर्णाली याक्स – ८ खेलमा १३ विकेट
६) रिजन ढकाल – चितवन राइनोज – ८ खेलमा १३ विकेट
७) सेफ अलि जेब – सुदूरपश्चिम रोयल्स – ९ खेलमा १२ विकेट
८) करण केसी – काठमाडौं गुर्खाज – ७ खेलमा १२ विकेट
९) मोहम्मद मोहसिन – जनकपुर बोल्ट्स – ९ खेलमा १२ विकेट
१०) जेहार्ड एरास्मस – काठमाडौं गुर्खाज – ७ खेलमा ११ विकेट

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.