default_image

9 years ago

February 19, 2017

उपचारपछि कप्तान पारस घर फर्के

156 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्का सफल उपचारपछि आइतबार अस्पतालबाट घर फर्केका छन् । अचानक पेट दुखेपछि उनलाई शुक्रबार धापासीको ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा भर्ना गरिएको थियो ।

paras

पारसलाई रिकरेन्ट एपेन्डिसाइटिस बीथ इन्टेसटाइनल अब्स्ट्रक्सन भएकोले उहाँको क्यामेरा प्रबिधिबाट एड्हेसियोलाइसिस तथा कि होल सर्जरी (गुजुल्टीएका आन्द्राहरु मिलाउने) तथा इमरजेन्सी ल्यापारोस्कोपिक एपेन्डिक्टोमी गरिएको अस्पतालका मेडिकल डाइरेक्टर डा चक्रराज पाण्डेले जानकारी दिए । पारसलाई एक सातापछि फलोअपका लागि बोलाइएको अस्पतालले जनाएको छ ।

पारसको उपचारमा प्रबिण बिक्रम थापा, धिरेश महर्जन, रोशन घिमिरे र सन्तोष श्रेष्ठको चिकित्सक टोली संलग्न थियो । त्यस्तै एनेस्थेसियामा चिकित्सकहरु मुरारीराज उप्रेति र अर्चन अधिकारीको टोलीले साथ दिएको थियो ।

पेटमा सानो प्वाल मात्र पारेर सर्जरी गरिएकोले मैदानमा फर्कने विश्वास चिकित्सकहरुले विश्वास लिएका छन् । शुक्रबार दिउँसो सहनै नसक्ने गरेर पेट दुखेपछि उनलाई परिवारका सदस्यले अस्पताल पुर्याएका थिए । नेपालले विश्व क्रिकेट लिग च्याम्प्यिनसिप अन्तर्गत मार्च ११ र १३ मा काठमाडौंमा केन्यासँग प्रतिस्पर्धा गर्दैछ ।

paras-khaka-1

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.