default_image

9 years ago

February 20, 2017

अष्ट्रेलिया विरुद्ध श्रीलंकाको लगातार दोस्रो जित

186 views

0 Bookmark

गुनारत्नेको लगातार राम्रो प्रदर्शन

भिक्टोरिया(एजेन्सी) – अन्तिम दुइ ओभरमा ३६ रन पछ्याउन सफल श्रीलंकाले अष्ट्रेलिया बिरुद्ध लगातार दोस्रो जित हासिल गर्दै तीन टि-२० खेलको शृंखलामा कब्जा जनाएको छ ।

Sri lanka gunaratne

दोस्रो खेलमा पनि टस जित्दै श्रीलंकाले पुन: अष्ट्रेलियालाई ब्याटिङ गर्न निम्त्याएको थियो । पहिले ब्याटिङ गरेको घरेलु टोलीले निर्धारित २० ओभरमा सबै विकेट गुमाउदै १७३ रन बनाएको थियो । अष्ट्रेलियाका लागी हेन्रीक्वेजले सर्वाधिक ५६ रनको योगदान दिएका थिए । ३७ बलको सामना गरेका उनि २ चौका र २ छक्का प्रहार गर्दै अभिजित रहे । बलिङ तर्फ श्रीलंकाका लागी कुनाशेखराले ४ ओभरमा ३१ रन खर्चिदै ४ विकेट लिएका थिए ।

१७४ रनको लक्ष बोकेको श्रीलंकाले ५ रनमा थरङाको विकेट गुमाउदै ४० रनमा डिक्वेला , मेन्डिस , मुनावेरा र सिरिवर्दनलाई गुमाए पनि गुनारत्नेको साहसी इनिङ्समा श्रीलंकाको खेलमा वाप्सी सम्भव रह्यो । पहिलो खेलमा म्यान अफ द म्याच रहेका गुनारत्नेले ४७ बलको सामना गर्दै ८४ रन जोडेपछी श्रीलंकाले शानदार जित हासिल गर्‍यो ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.