9 years ago
February 19, 2017
पुने (एजेन्सी ) – इन्डियन प्रिमियर लिगको दशौं संस्करणकालागी पुनेले धोनीको ठाउमा अष्ट्रेलियान कप्तान स्टेभेन स्मिथलाई कप्तानको स्थान दिएको छ ।

धोनीले अन्तर्राष्ट्रिय क्रिकेटमा भारतको कप्तानीबाट सन्यास लिएको लगभग दुई महिना नपुग्दै पुनेले आइपिएल अक्सनको पुर्वसन्ध्यामा धोनी आगामी सिजन कप्तान नरहने निर्णय सार्वजनिक गरेको हो ।
धोनी कप्तानबाट हटाइएपनी टोलीको महत्वपुर्ण सदस्य रहने राइजिङ पुनेका मालिकले जानकारी दिए । ” धोनी टोलीका महत्वपुर्ण खेलाडी रहने छन । यो निर्णय प्रती धोनीको पनि समर्थन छ ” , टोलीका मालिक सन्जिब जियोन्काले एक बक्तब्यमा जनाए ।
भारतिय टोलीको कप्तानी छाडे पनि धोनीले आइपिएलमा नेतृत्व जारी राख्ने बताए पनि पुनेले भने स्मिथलाई आफ्नो कप्तान चुन्यो । गत सिजन आइपिएलमा पुनेको प्रथम सहभागितामा धोलीको नेतृत्वमा पुने अन्तिमबाट दोस्रो भएको थियो । आइपिएलमा धोनीको अगुवाइमा कुनै टोली प्ले अफमा नपुगेको त्यो पहिलो पटक थियो ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]