default_image

12 months ago

December 31, 2024

यसरी खेल्न सक्छ नेपालले तेस्रो पटक विश्व कप !

11047 views

0 Bookmark

काठमाडौं(हाम्रो खेलकुद) – बंगलादेशमा सन् २०१४ भएको टि ट्वान्टी विश्व कपमा नेपालले पहिलो पटक सहभागिता जनाएको थियो ।

त्यसपछि टि ट्वान्टी विश्व कप खेल्न नेपालले १० वर्ष कुर्नुपर्यो । अमेरिका र वेस्ट इण्डिजमा यसै वर्ष भएको टि ट्वान्टी विश्वकप नेपाल खेलेको थियो । यद्दपी नेपाल समूह‌ चरणबाट अघि बढ्न सकेन।

एक दिवसिय विश्व कपका लागि अहिलेसम्म छनोट हुन नसकेको नेपालको टि ट्वान्टी छनोटमा भने बलियो सम्भावना रहेको मानिन्छ। भारत र श्रीलंकामा २०२६ मा आयोजना हुने टि ट्वान्टी विश्व कपमा छनोट हुनु नेपालको अबको लक्ष्य रहेको छ ।

त्यसका लागि नेपालले अर्को वर्ष अक्टोबरमा हुने एसिया तथा इस्ट एसिया प्यासेफिक छनोट चरण पार गर्नुपर्ने हुन्छ । ओमानमा हुने छनोटमा एसिया र इस्ट एसिया प्यासेफिकका गरी जम्मा ९ देशको सहभागिता रहनेछ ।

छनोट खेल्ने ९ देश यसरी छानिएका थिए

यो क्षेत्रबाट २०२४ को टि ट्वान्टी विश्व कप खेलेका ३ देश सिधै छनोट – नेपाल, ओमान र पपुवा न्यु गिनी(पिएनजी)
इस्ट एसिया प्यासेफिक उपक्षेत्रीय छनोट ‘ए’ बाट आएको १ देश – समोआ
इस्ट एसिया प्यासेफिक उपक्षेत्रीय छनोट ‘बी’ बाट आएको १ देश – जापान
एसिया उपक्षत्रिय छनोट ‘ए’ बाट आएको २ देश – कुवेत र मलेसिया
एसिया उपक्षत्रिय छनोट ‘बी’ बाट आएको २ देश – युएई र कतार

शीर्ष तीनमा परेमा नेपालले तेस्रो विश्व कप खेल्ने

एसिया तथा इस्ट एसिया प्यासेफिक छनोट चरणमा‌ शीर्ष ३ मा रहने टोली भारत र श्रीलंकामा आयोजना हुने टि ट्वान्टी विश्वकपमा पुग्नेछन् सहभागिताको लक्ष्य राखेको छ । स्वभाविक रुपमा नेपालसहित सबै टोलीको लक्ष्य शीर्ष ३ भित्र पर्नु रहनेछ।

अघिल्लो संस्करणबाट सुरु भएको महादेशको क्षेत्रीय छनोटमा नेपाल र ओमानले एसिया छनोट पार गर्दै विश्व कप खेलेका थिए ।

इस्ट एसिया प्यासेफिक क्षेत्रबाट पिएनजी विश्व कपमा छनोट भएको थियो । तर, यस पटक आइसिसीले एसिया र इस्ट एसिया प्यासेफिक क्षेत्रको संयुक्त छनोट गराउने र ३ देश विश्व कपका लागि अघि जाने निर्णय लिएको थियो ।

आइसिसीले अहिलेसम्म छनोट खेल समूह विभाजनबाट वा राउण्ड रोविन लिगका आधारमा गर्ने तय गरिसकेको छैन । फर्म्याट जस्तो भएपनि विश्व कप पुग्नका लागि ९ टोलीमध्ये शीर्ष ३ भित्र पर्न आवश्यक छ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.