12 months ago
January 1, 2025
काठमाडौं(हाम्रो खेलकुद) – दोस्रो संस्करणको आइसिसी यु १९ महिला टि ट्वान्टी विश्वकप माघ पहिलो साताबाट मलेसियामा सुरु हुँदैछ ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद(आइसिसी) को आयोजनामा आगामी माघ ५ गते यु १९ महिला विश्व कप हुन लागेको हो । माघ २० गते सम्म सञ्चालन हुने विश्व कपको दोस्रो संस्करणमा नेपाल सहित १६ देशले सहभागिता जनाउँदै छन् ।
प्रतियोगिता दोस्रो संस्करणसम्म आइपुग्दा नेपालको यो पहिलो सहभागीता हो । गत महिनाको अन्तिममा भएको एसिया छनोटको फाइनल खेलमा युएईमाथि ८ विकेटको जितका साथ नेपाल विश्व कपका लागि छनोट भएको हो ।

कुनै पनि स्तरमा नेपाली महिला टिमले खेल्न लागेको यो पहिलो विश्व कप हो । विश्व कपमा नेपाल समूह ‘डी’ मा रहेको छ । यस समूहमा नेपालका अलावा बंगलादेश, अस्ट्रेलिया र स्कटल्याण्ड रहेका छन् । माघ ५ गते बंगलादेशविरुद्ध खेल्दै नेपालले विश्व कपमा डेब्यु गर्नेछ ।
नेपालले दोस्रो खेलमा स्कटल्याण्डसँग खेल्नेछ । नेपाल र स्कटल्याण्डबीचको खेल माघ ७ गते रहेको छ । विश्व कपको समूह चरणको अन्तिम खेलमा नेपालले माघ ९ गते अस्ट्रेलियाको सामना गर्नेछ ।
विश्व कपको समूह ‘ए’ मा साबिक विजेता भारत, श्रीलंका, आयोजक मलेसिया र वेस्ट इण्डिज छन् । समूह ‘बी’ मा इङ्ग्ल्याण्ड, आयरल्याण्ड, पाकिस्तान र अमेरिका तथा समूह ‘सि’ मा न्युजिल्याण्ड, समोआ, दक्षिण अफ्रिका र नाजेरिया रहेका छन् । समूह चरणको खेलमा शीर्ष तीनमा रहन सकेमा नेपाल सुपर सिक्सका लागि छनोट हुनेछ ।
सुपर सिक्सका दुई समूह हुनेछन् । ग्रुप १ मा समूह ‘ए’ का शीर्ष तीन राष्ट्र तथा समूह ‘डी’ का शीर्ष तीन देश रहनेछ । त्यस्तै, ग्रुप २ मा समूह ‘बी’ का शीर्ष तीन देश तथा समूह ‘सी’ का शीर्ष तीन राष्ट्र रहने छन् । सुपर सिक्समा स्थान बनाएमा नेपालले भारत, श्रीलंका तथा वेस्ट इण्डिज जस्ता मुलुकसँग खेल्ने मौका पाउने छ ।
सुपर सिक्सका दुवै ग्रुपका शीर्ष २ टोली सेमिफाइनल पुग्नेछन् । दुई सेमिफाइनलका विजेताबीच फेब्रुअरी २ अर्थात माघ २० गते फाइनल खेल रहेको छ ।
पहिलो संस्करणको आइसिसी यु १९ महिला टि ट्वान्टी विश्व कप सन् २०२३ मा दक्षिण अफ्रिकामा आयोजना भएको थियो । पहिलो संस्करणको फाइनलमा इङ्ग्ल्याण्डलाई ७ विकेटले हराउँदै भारत च्याम्पियन भएको थियो ।
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]