default_image

12 months ago

January 4, 2025

यसरी हुनेछ जय ट्रफी एलिट कप

1393 views

0 Bookmark

काठमाडौं(हाम्रो खेलकुद) – नेपाली क्रिकेटमा लामो समय पछि रातो बल र सेतो पोशाकको क्रिकेट फर्किएको छ ।

सन् २०१९ मा इङग्ल्याण्डको मेरिलेबोन क्रिकेट क्लबसँग नेपालले पछिल्लो पटक रातो बलको क्रिकेट खेलेको थियो ।

त्यो खेल केबल राष्ट्रिय टोलीमा रहेका केही खेलाडीको लागि अवसर थियो । आइतवार सुरु हुने जय ट्रफी मेन्स एलिट कपमा भने धेरै घरेलु खेलाडीले यो अवसर पाउँदै छन् । चार घरेलु टोलीको सहभागीता रहने प्रतियोगिताको नामाकरण नेपाल क्रिकेट संघ(क्यान) का पूर्व अध्यक्ष जयकुमार शाहको नामबाट हुँदैछ ।

जय ट्रफीको संरचना

गएको वर्ष माघ महिनामा भएको प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको शीर्ष चार टोलीलाई यस प्रतियोगिताका लागि छनोट गरिएको थियो । वर्ष २०८१ को सुरुवात नै आयोजना गर्ने क्यानको बार्षिक क्यालेन्डरमा रहे पनि विविध कारणवश पछि धकेलिदै आएको थियो ।

अन्तत २०८० सालको पिएम कपका शीर्ष चारमा रहेका विभागीय टोलीहरु नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी तथा बागमती प्रदेश र मधेश प्रदेशको सहभागितामा प्रतियोगिता हुँदैछ । प्रतियोगिताको पहिलो संस्करण मधेश प्रदेशको जनकपुर तथा विरगञ्जमा आयोजना हुँदैछ हुदैछ ।

प्रतियोगितामा सहभागी ४ टोलीबीच लिगचरणमा सिङ्गल राउण्ड रोबिन लिगका आधारमा खेल भई शीर्ष दुई टोली फाइनलका लागि छनोट हुनेछन् । क्यानका अनुसार लिग चरणका खेल दुई दिवसीय तथा फाइनल तीन दिवसीय फर्म्याटमा हुनेछ ।

यसरी पाउनेछन् टोलीहरुले अंक

प्रत्येक खेलको पहिलो इनिङ्समा एक टोलीले ५० रन बराबर एक बोनस अंक पाउँनेछ । दोस्रो इनिङ्समा पनि हरेक टोलीले ५० रन बराबर एक अंक प्राप्त गर्नेछन् । तर, एउटा टोलीले अधिकतम ४ भन्दा माथिको बोनस अंक पाउनेछैनन् ।

यदी दोस्रो इनिङ्समा कुनै टोलीले २ सय भन्दामाथि रन जोडेमा कुनै बोनस अंक थपिने छैन । दुवै इनिङ्समा टोलीले प्राप्त गर्ने २ विकेट बराबर १ बोनस अंक रहनेछ ।

यसरी तयार हुनेछ अंक तालिका –

  • पहिलो इनिङ्समा अग्रता लिएको टोलीले खेल जितेको खण्डमा १० तथा बोनस अंक पाउँने छ ।
  • पहिलो इनिङ्समा स्कोर बराबरी भएर खेल जितेको टोलीले ८ तथा बोनस अंक पाउने छ ।
  • पहिलो इनिङ्सका आधारमा पछि रहेर खेल जितेको टोलीले ६ तथा बोनस अंक पाउने छ ।
  • पहिलो इनिङ्समा अग्रता लिएको टोलीको नतिजा बराबरी भएको खण्डमा ७ तथा बोनस अंक पाउने छ ।
  • दुबै इनिङ्स बराबरी भएको खण्डमा दुवै टोलीले समान ५ तथा बोनस अंक पाउने छ ।
  • पहिलो इनिङ्समा पछाडि परेको टोलीले नतिजा बराबरी बनाएको खण्डमा ३ तथा बोनस अंक पाउने छ ।
  • कुनै टोलीले पहिलो इनिङ्समा खेल जिते भने सो टोलीले ६ तथा बोनस अंक पाउने छ । पहिलो इनिङ्समा नै पराजित टोलीले भने बोनस अंकमात्र पाउने छ ।
  • पहिलो इनिङ्समा स्कोर बराबर भएर खेलमा नतिजा ननिस्किएको खण्डमा दुवै टोलीले समान ३ सहित बोनस अंक पाउनेछ ।
  • खेल बराबरी वा खेल रद्द भएमा दुवै टोलीले १ तथा बोनस अंक पाउनेछ ।
  • पहिलो इनिङ्समा अग्रता लिएको टोली खेलमा हार बेहारेमा ४ तथा बोनस अंक पाउने छ ।
  • पहिलो इनिङ्समा स्कोर बराबरी भएर हारेको टोलीले २ तथा बोनस अंक पाउने छ ।
  • पहिलो इनिङ्समा अग्रता लिन नसकेको टोलीले खेल हारेको खण्डमा बोनस अंकमा मात्र पाउने छ ।

खेल समय –

हरेक दिन १ सय १० ओभरको खेल हुनेछ । दिनमा पौने ७ घण्टा खेल हुनेछ । खेललाई तिन सेसनमा विभाजन गरिएको छ । विभाजित सेसनहरु यस प्रकार छ

बिहान ९ बजे- ११ः३० बजेसम्म पहिलो सेसन
११ः३० बजे- दिउँसो १२ः१० बजेसम्म लन्च समय
१२ः१० बजे- दिउँसो २ः२५ बजे सम्म दोस्रो सेसन
२ः२५ बजे- दिउँसो २ः४५ बजे सम्म चिया समय
२ः४५ बजे – दिउँसो ४ः४५ बजेसम्म तेस्रो सेसन

हरेक टोलीले पहिलो इनिङ्समा समान ६० ओभर खेल्न पाउने छ । टोलीले चाहेको खण्डमा ६० ओभरभन्दा कममा नै खेल इनिङ्स समाप्तिको घोषणा गर्न पाउनेछ । दोस्रो इनिङ्समा भने कुनै ओभरको सिमा तोकिएको छैन ।

फाइनलमा तीन दिवसीय खेल हुने हुँदा पहिलो इनिङ्समा हरेक टोलीले ८० ओभर पाउँने छन् । टोलीले चाहेको खण्डमा ८० ओभरभन्दा कममा नै खेल इनिङ्स समाप्तिको घोषणा गर्न पाउनेछ ।

प्रतियोगिताको खेल तालिका –

जनवरी ५ देखि ६ सम्म

बागमती प्रदेशविरुद्ध मधेश प्रदेश – जनकपुर
नेपाल पुलिसविरुद्ध त्रिभुवन आर्मी क्लब – विरगंज

जनवरी ८ देखि ९ सम्म

त्रिभुवन आर्मी क्लबविरुद्ध बागमती प्रदेश – जनकपुर
मधेश प्रदेशविरुद्ध नेपाल पुलिस क्लब – विरगंज

जनवरी ११ देखि १२ सम्म

नेपाल पुलिस क्लबविरुद्ध बागमती प्रदेश – जनकपुर
त्रिभुवन आर्मी क्लबविरुद्ध मधेश प्रदेश – विरगंज

जनवरी १४ देखि १६ सम्म फाइनल खेल – वीरगंज

सहभागी टिमको अन्तिम नामावली –

मधेश प्रदेशको टोली

हरि शंकर शाह(कप्तान), मयन यादव, साहिल पटेल, रुपेश सिंह, अभिषेक तिवारी, राजेश यादव, भुलवान साहनी, विशाल पटेल, हिमाशुं दत्त, प्रदिप पासवान, अरफुदीन रेन, रञ्जित कुमार, राहुल मण्डल, शैलेन्द्र शाह र निरज कुमार यादव

वैकल्पिक खेलाडीहरु

अरनिको यादव, विशाल सुशलिङ, राज पटेल र सफवान अलि

नेपाल पुलिसको टोली

आरिफ शेख(कप्तान), कुशल भुर्तेल, गुलशन झा, करण केसी, ललित राजवंशी, अमित श्रेष्ठ, दीलिप नाथ, श्रवण यादव, सुनिल दौलयान, सागर ढकाल, शंकर राना, अभिनाश कर्ण, राशिद खान, अर्जुन साउद र दिपक सेरला

बागमती प्रदेशको टोली

सन्दीप लामिछाने(कप्तान), सूर्य तामाङ, रिजन ढकाल, प्रतिश जिसी, उत्तम थापा मगर, आशुतोष घिरैया, रित गौतम, इशान पाण्डे, विपिन आचार्य, शुभ कसांकार, रोहन विके, सुर्यांशु कोइराला, नन्दन यादव, प्रतिक श्रेष्ठ, तिलकराज भण्डारी

त्रिभुवन आर्मी क्लबको टोली

विनोद भण्डारी(कप्तान), भीम सार्की, शाहब आलम, सुमित श्रेष्ठ, सोमपाल कामी, पवन कार्की, आकाश चन्द, सन्तोष कार्की, इम्रान शेख, तृत राज दास, बसिर अहमद, विवेक यादव, नरेन साउद, दुर्गेश गुप्ता र कुशल मल्ल

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.