12 months ago
January 6, 2025
काठमाडौं(हाम्रो खेलकुद) – प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको पहिलो खेल गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशबिचमा हुने भएको छ ।
नेपाल क्रिकेट संघ(क्यान) ले सोमवार कैलालीको फाप्ला क्रिकेट मैदानमा माघ १ गते सुरु हुने पिएम कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको खेल तालिका जारी गरेको हो । माघ १२ गतेसम्म चल्ने प्रतियोगितामा ९ टोलीको सहभागिता रहनेछ ।
प्रतियोगितामा २ विभागीय र ७ प्रदेशको टोलीले प्रतिस्पर्धा गर्नेछन्। सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।
समूह १ मा लुम्बिनी प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश, नेपाल एपिएफ क्लब र सुदूरपश्चिम प्रदेश छन् । समूह २ मा कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र त्रिभुवन आर्मी क्लब छन् ।
आर्मीले महिला क्रिकेटमा पहिलो पटक सहभागिता जनाउँदै छ । हरेक समूहबाट शीर्ष दुई टोली सुपर फोरमा प्रवेश गर्ने छन् ।
सुपर फोरमा एक समूहका टिमले अर्को समूहको टिमसँग खेल्नेछन् । सुपर फोरमा शीर्ष दुईमा रहने टोलीबिच फाइनल हुनेछ ।
हरेक समूहका तेस्रो स्थानमा रहने टोलीहरुले पाँचौ र छैठौं स्थानका लागि खेल्नेछन् । प्रतियोगितामा हरेक दिन दुई खेल हुनेछ । पहिलो खेल बिहान ९ तथा दोस्रो खेल दिउँसो १ बजे सुरु हुनेछ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]