11 months ago
January 13, 2025
काठमाडौं (हाम्रो खेलकुद) – महिला यु १९ महिला टि ट्वान्टी विश्व कप खेल्ने तयारीमा रहेका दुई टोलीबिको पहिलो अभ्यास खेलमा नेपाल वेस्ट इन्डिजसँग ९ रनले पराजित भएको छ।
मलेसिया स्थित कोलेज ट्रएन्कु जाफार मैदानमा सोमवार १ सय १० रनको लक्ष्य पछ्याएको नेपालले १९.१ ओभरमा सबै विकेट गुमाएर १ सय रन मात्र बनाउन सक्यो।
सिमाना केसीले टोलीका लागि सर्वाधिक २३ रन बनाइन् ।र किरण कुँवर र कप्तान पुजा महतोले समान १८ रन जोडे ।
५४ रनमा ६ विकेट गुमाएको नेपालका लागि किरण र सिमानाले ३० रनको साझेदारी गरेका थिए ।
त्यसअघि टस जितेर ब्याटिङ गरेकल वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ९ रन बनाएको थियो।

वेस्ट इन्डिजकी कप्तान समरा रमनाथले सर्वाधिक २५ रन बनाइन्। ३३ बल खेलेकी उनले २ चौका प्रहार गरिन्। ओपनर असाबी क्यालेन्डर २३ जोडिन् । नेपालका लागि रचनाकुमारी चौधरी र सिमना केसीले विकेट लिए ।
नेपालले दोस्रो अभ्यास खेल जनवरी १५ मा अमेरिकासँग खेल्नेछ । मलेसियामा जनवरी १८ देखि फेब्रुअरी २ सम्म विश्वकपको नेपाल समूह डीमा छ।
बंगालादेशसँग जनवरी १८ मा खेल्दै नेपालले विश्व कपको यात्रा सुरु गर्नेछ। त्यसपछि नेपालले जनवरी २० मा स्कटल्याण्ड र जनवरी २३ मा अस्ट्रेलियासँग खेल्नेछ । महिलाको कुनै पनि स्तरमा नेपालले विश्व कप खेल्न लागेको यो पहिलो पटक हो।
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले नेपाल प्रिमियर लिगको फाइनलमा ह्याट्रिक विकेट लिएका छन् । कीर्तिपुरस्थित टियु रंगशालामा जारी नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा रोहितले सुदूरपश्चिम विरुद्ध ह्याट्रिक विकेट लिएका हुन् । ब्याटिङमा संघर्ष गरिरहेको सुदूरपश्चिमविरुद्ध रोहितले ११ औं ओभरमा ह्याट्रिक पूरा गरेका हुन्। ११ औं ओभरको चौथो बलमा रोहितको बलिङमा सुदूरपश्चिमका […]