default_image

11 months ago

January 14, 2025

पुलिसका कुशलको अविजित अर्धशतक

1721 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- जय ट्रफी पुरुष एलिट कपको फाइनलको पहिलो दिन मंगलवार खराब मौसमको कारण १७ ओभरको खेल मात्र सम्भव भएको छ।

वीरगंजमा मौसमले प्रभाव पारेको खेलमा नेपाल पुलिस क्लबले १७ ओभरमा २ विकेट गुमाएर ८५ रन बनायो। उसका लागि कुशल भुर्तेलले पहिलो दिन अविजित अर्धशतकीय पारी खेले।

मौसमको लारण टस ढिला भयो। टस जितेको त्रिभुवन आर्मी क्लबले फिल्डिङ रोज्यो। पहिलो सेसन सम्म खेल सुरु हुन सकेन भने टी ब्रेकमा १२ ओभरको समाप्तिमा पुलिसले एक विकेटको क्षतिमा ६५ रन बनायो।

पहिलो इनिङसको पहिलो बलमै ओपनर दीलिप नाथलाई सोमपाल कामीले पबिलियन फर्काएपछि कुशल भुर्तेल र अमित श्रेष्ठले दोस्रो विकेटका लागि ६५ रनको साझेदारी गरे।

२० रनमा अमित साहब आलमको बलमा आकाश चन्दद्वारा क्याच आउट भए। यसपछि पुलिसका कुशल र अर्जुन साउदले तेस्रो विकेटका लागि २० रन जोडेपछि पहिलो दिनको खेल सकियो।

कुशल ५१ बलमा ५० रन जोड्दै अविजित छन्। उनले पहिलो दिन ६ चौका प्रहार गरे। अर्जुनले १३ बलको सामना गरेपनि रनको खाता खोलेका छैनन्।‌

पुलिस लिग चरणमा पहिलो र आर्मी दोस्रो हुँदै फाइनल पुगेका थिए। ४ टोली सम्मिलित लिग दुई दिवसीय फरम्याटमा खेलाइएको थियो । फाइनल तीन दिवसीय हुनेछ। गत संस्करणको प्रधानमन्त्री कपको उत्कृष्ट ४ टोलीले यो प्रतियोगिता खेलका हुन्।

नेपाल क्रिकेट संघ (क्यान) ले पूर्व अध्यक्ष जय कुमार नाथ शाहको स्मृतिमा‌ पहिलो पटक यो प्रतियोगिता आयोजना गरेको हो।

December 10, 2025

काठमाडौंलाई हराउँदै लुम्बिनी क्वालिफायर ‘टु’ मा

काठमाडौं (हाम्रो खेलकुद)- चौथो स्थानमा रहँदै प्ले अफ‌ पुगेको लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) क्वालिफायर ‘टु’ को यात्रा तय गरेको छ। काठमाडौं गोर्खाजलाई एलिमिनेटरमा आज ४ विकेटले हराउँदै लुम्बिनीले विराटनगर किङ्ससँगको भेट पक्का गरेको हो। १ सय १२ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १७.४ ओभरमा ६ विकेट गुमाउँदै जित निकाल्यो । लुम्बिनीले पनि ब्याटिङमा केही […]

December 10, 2025

लुम्बिनीविरुद्ध काठमाडौंको ब्याटिङ चलेन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी रोयल्सका स्पिनर चम्किएपछि काठमाडौं गोर्खाजले आज नेपाल प्रिमियर लिग (एनपिएल) को एलिमिनेटरमा खुलेर ब्याटिङ गर्न सकेन।‌ टस जितेर पहिला ब्याटिङ रोजेको काठमाडौंले त्यसको फाइदा उठाउन सकेन । स्पिनर शेर मल्ल, कप्तान रोहित पौडेल र अभिषेश गौतमले ७ विकेट लिएपछि काठमाडौंले १९.१ ओभरमा अलआउट हुँदै १ सय‌ ११ रन मात्र बनाउन सक्यो। […]

December 10, 2025

काठमाडौंले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) मा आज एलिमिनेटरमा काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स खेल्दैछन्। काठमाडौंका कप्तान करण केसीले टस जितेर ब्याटिङ रोजेका छन् । रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले फिल्डिङ गर्नेछ। लिग चरणमा काठमाडौंले लुम्बिनीलाई २२ रनले हराएको थियो। त्यो खेलमा लुम्बिनीले टस जितेर पहिला फिल्डिङ नै रोजेको थियो। काठमाडौंले अघिल्लो खेलकै टोलीलाई […]

Success

Thank you for your time.