default_image

9 years ago

February 21, 2017

नेपालले इमर्जिङ कप क्रिकेट खेल्न नपाउने

170 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– आठ राष्ट्रको सहभागितामा मार्च १५ मा बंगलादेशको ढाकामा सुरु हुने भनिएको इमर्जिङ कप क्रिकेटमा एसियाली क्रिकेट परिषद् (एसिसी)को नयाँ निर्णयपछि नेपालले खेल्न नपाउने भएको छ । अब प्रतियोगितामा ५ राष्ट्रले मात्र खेल्न पाउनेछन् ।

Nepali Cricket

ङकङ र युएईले प्रतियोगिता नखेल्ने भएपछि बसेको एसिसीको बैठकले एक दिवसिय मान्यता प्राप्त राष्ट्रलाई सहभागि गराउने निर्णय लिएपछि नेपालले इमर्जिङ कप खेल्ने मौका गुमाएको हो ।

हङकङ र युएई नखेल्ने र नेपालले मौका नपाउने भएपछि अब प्रतियोगितामा भारत,श्रीलंका, पाकिस्तान बंगलादेशका यू २३ टोली र अफगानिस्तानको राष्ट्रिय टोली मात्र खेल्नेछन् ।

नेपाली क्रिकेट टोलीका मुख्य प्रशिक्षक जगत टमाटाले नेपालले खेल्न नपाउने अनौपचारिक रुपमा थाहा भएपनि एसिसीबाट औपचारिक जानकारी पाउन भने बाँकी रहेको बताएका छन् । टमाटाले भने,‘एसिसीका प्रतिनिधिसँग मेरो कुरा भए अनुसार नयाँ निर्णयले नेपालले खेल्न नपाउने भएको हो । यद्दपी आधिकारिक जानकारी आइसकेको छैन ।’

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.