11 months ago
January 25, 2025
धनगढी (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर कुशल भुर्तेलले डडेल्धुराको फ्रेन्ड्स क्लबबाट अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता खेल्ने भएका छन् ।
धनगढीको फाप्ला अन्तराष्ट्रिय क्रिकेट मैदानमा माघ १९ गते हुने उद्घाटन खेलमा फेन्ड्सले डिसिए धनगढी विरुद्ध खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ ।
फेन्ड्सले माघ २१ गते वोष्टन क्रिकेट झापासँग र माघ २४ गते घोडाघोडी–११ सुख्खडसँग खेल्नेछ । हालै सम्पन्न जय ट्रफीमा नेपाल पुलिस क्लबलाई च्याम्पियन बनाउन कुशलले उत्कृष्ट प्रदर्शन गरेका थिए ।
नेपाल प्रिमियर लिग (एनपिएलमा) कुशलले पोखरा एभेञ्जरका मार्की खेलाडीका साथै कप्तान थिए ।
गो ड्रिमर्सको आयोजनामा यस बर्षदेखि नेपाल क्रिकेट संघको बार्षिक क्यालेण्डरमा समावेश भएको प्रतियोगिताका सबै खेलका टिकटहरु खल्ती एपबाट काट्न सकिने आयोजकले जनाएको छ ।
अर्जुन खड्काको स्मृतिमा आयोजना गर्न लागेको प्रतियोगितामा झण्डै २० लाख रुपैयाँ पुरस्कार रहेको छ।
रनिङ ट्रफीको रुपमा टि ट्वान्टी २० फर्म्याट प्रतियोगिताको विजेताले १० लाख र दोस्रो टोलीले ले ५ लाख सहित ट्रफी पाउनेछन् ।
प्रतियोगिताको सर्वोकृष्ट खेलाडीलाई १ लाख, उत्कृष्ट ब्याटर, उत्कृष्ट बलर र उदयमान खेलाडीले जनही ५० हजार रुपैयाँ पाउनेछन् । प्रत्येक खेलको प्लेयर अफ द म्याचले १० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
प्रतियोगितामा ८ वटा टोलीको सहभागिता रहने छ । सबै टोलीहरुले ए क्याटोगोरीका ४ जना, बी क्याटोगोरीका ५ जना र बाँकी सी क्याटोगोरीका गरी १४ खेलाडी समावेश गर्न पाउनेछन् ।
ए क्याटोगोरीमा नेपाली राष्ट्रिय टोली खेलाडी छन्। बी क्याटोगोरीमा नेपाल ए, नेपाली यु १९ टोली र प्रदेश स्तरिय सिनियर खेलाडी छन् । सी क्याटोगोरीमा नेपाल यु १६ टोली, प्रदेशका यु १९ र यु १६ टोलीका खेलाडी र अन्य खेलाडी छन् ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]