default_image

11 months ago

February 4, 2025

नेपालविरुद्ध थाइल्याण्डको मध्यम लक्ष्य

448 views

0 Bookmark

काठमाडौं(हाम्रो खेलकुद) – महिला त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजको आफ्नो चौथो खेलमा थाइल्याण्डले नेपाललाई मध्यम लक्ष्य दिएको छ ।

जारी खेलमा नेपालले थाइल्याण्डबाट १ सय ७ रनको लक्ष्य पाएको हो । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको थाइल्याण्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ६ रनको मध्यम योगफल तयार गर्यो ।

थाइल्याण्डका लागि चानिदा सुत्थीरुआंगले सर्वाधिक २७ रन जोडिन् । उनले २८ बलमा १ चौका प्रहार गरिन् । नान्नापत खोन्चरोएन्कले २३ बलमा १९ तथा अफिसारा सुवान्चोनरथीले १९ बलमा १७ रन जोडिन् ।

५६ रनमा ६ विकेट गुमाएर झिनो योगफलको सम्भावना देखाएको थाइल्याण्डका लागि छैठौं विकेटका लागि ५० रनको साझेदारी भए सँगै थाइल्याण्डले मध्यम योफल तयार भयो ।

नाट्टाया बुचाथमले ९ बलमा १२ जोड्दै आउट हुँदा थिपचा पुत्थावोंग २५ रनमा नट आउट रहिन् । नेपालका लागि मनिषा उपाध्यायले ३, पुजा महतो र रचना चौधरीले समान १ विकेट लिईन् । दुवै टोली सिरिजमा चौथो खेल खेल्दैछन् ।

नेपाल अहिले सम्म खेलेको सबै ३ खेलमा पराजित भएको छ । नेपाल पहिलो र तेस्रो खेलमा नेदरल्याण्ड्ससँग र दोस्रो खेलमा थाइल्याण्डसँग पराजित भएको थियो ।

थाइल्याण्ड भने सिरिजमा खेलेका सबै ३ खेलमा अपराजित छ । पहिलो र तेस्रो खेलमा नेदरल्याण्ड्सलाई हराएको थाइल्याण्डले दोस्रो खेलमा नेपाललाई पराजित गरेको थियो । सिरिजमा नेपाल र थाइल्याण्ड दोस्रो पटक आमने सामने हुदैछन् ।

पहिलो भेटमा थाइल्याण्डले नेपाललाई ४ विकेटले पराजित गरेको थियो । नेपालले दिएको १ सय २ रनको लक्ष्य थाइल्याण्डले १९ ओभरमा ६ विकेट गुमाएर पूरा गरेको थियो ।

नेपाल र थाइल्याण्डबिच को ४ वटा टि ट्वान्टी आई खेलमा नेपाल सबैमा पराजित भएको थियो ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.