11 months ago
February 6, 2025
काठमाडौं(हाम्रो खेलकुद) – थाइल्याण्डले महिला त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा नेदरल्याण्ड्सविरुद्ध टस जितेको छ ।
कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा थाइल्याण्डकी कप्तानले टस जितेर ब्याटिङ रोजेकी छिन् । सिरिजमा थाइल्याण्ड पाँचौ जित निकाल्दै सिरिज जित्ने लक्ष्यमा छ । थाइल्याण्डले नेपाल र नेदरल्याण्ड्सविरूद्ध खेलेका दुवै खेलमा जित हासिल गरेको थियो ।
नेदरल्याण्ड्सलाई भने उपाधी सम्भावना कायमै राख्न यस खेलमा जित अत्यावश्यक रहेको छ । नेदरल्याण्ड्सले जितेको तीनै खेलमा घरेलु टोली नेपाललाई पराजित गरेको थियो ।
यस सिरिजमा भने नेदरल्याण्ड्स र थाइल्याण्ड तेस्रो पटक आमने सामने हुदै छन् । अघिल्ला दुवै भेटमा नेदरल्याण्ड्स थाइल्याण्डसँग पराजित भएको थियो ।
सिरिजमा नेदरल्याण्ड्स र थाइल्याण्डको अलावा घरेलु टोली नेपालको पनि सहभागीता रहेको छ । सहभागी टोलीले एकअर्कासँग समान ३ पटक खेल्नेछन् । अंक तालिकाको शीर्ष स्थानमा रहने टोली विजेता बन्नेछ । नेपालले आफ्नो तथा सिरिजको अन्तिम खेलमा शुक्रवार थाइल्याण्डसँग खेल्नेछ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]