default_image

10 months ago

February 7, 2025

खुकरी क्लब रुपन्देही सुपर लिगको फाइनलमा

210 views

0 Bookmark

सुमन अधिकारी,बुटवल

लुम्बिनी खुकुरी क्लब जारी रुपन्देही सुपरलिग क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गरेको छ ।

सेमिफाइनल खेलमा शुक्रवार तिरुपति क्रिकेट क्लबलाई ३० रनले पराजित गर्दै खुकुरीले फाइनलको यात्रा तय गरेको हो ।

भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको खुकुरीले निर्धारित ५० ओभरमा ९ विकेटको नोक्सानीमा २ सय ३४ रनको बलियो योगफल खडा गर्यो ।

टोलीका अमर मिश्रा र समिर अलीले अर्धशतकीय पारी खेले । अमरले ७१ र समिरले ५४ रन बनाए । प्रज्वल थापाले २२, अन्तिम थापाले २१, अजयकुमार चौहानले अविजित १८ र दुर्गेश गुप्ताले १२ रन जोडे ।

तिरुपतिका तुलबहादुर थापा र विपिन न्यौपानेले समान ३, रुपेश कुर्मीले २ र सन्दीप मौर्यले १ विकेट लिए ।

जवाफी ब्याटिङमा तिरुपति ४७.१ ओभरमा २ सय ४ रन बनाउँदा अलआउट भयो र उपाधि होडबाट बाहिरियो । टोलीका एजाजुल हकले ४६, तुलबहादुर थापाले ४१, अर्निको यादवले २५, डेभिड थापाले २०, रुपेश कुर्मीले १० रन बनाए।

लुम्बिनी खुकुरीका सेजाद आलम, अमर मिश्रा र अजयकुमार चौहानले समान २, दुर्गेश गुप्ता र सुप्रित घिमिरेले समान १ विकेट लिए । लुम्बिनी खुकुरीका अमर मिश्रा प्लेयर अफ द म्याच भए ।

रुपन्देही क्रिकेट संघको आयोजना र सिद्धार्थनगर नगरपालिकाको सहप्रायोजनामा जारी प्रतियोगिताको विजेता टिमले १ लाख १ रुपैयाँ र दोस्रोले ५० हजार १ रुपैयाँसहित ट्रफी, मेडल र प्राप्त गर्नेछन् ।

प्रतियोगिताको म्यान अफ द सिरिजले १५ हजार, बेष्ट ब्याटर, बेष्ट बलर र उदयीमान खेलाडीले समान ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

तिलोत्तमा क्रिकेट क्लब र वेष्टर्न क्रिकेट क्लबबीचको आइतवार दोस्रो सेमिफाइनल हुनेछ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.