10 months ago
February 9, 2025
कैलाली (हाम्रो खेलकुद)- सिवाइसी अत्तरिया धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ ।
डिसिए धनगढीलाई दोस्रो सेमिफाइनल आइतवार ६ विकेटले हराउँदै अत्तरिया उपाधि नजिक पुगेको हो ।
अत्तरियाले फेण्ड्स क्लब डडेल्धुरासँग सोमवार फाइनल खेल्नेछ।
फाप्ला अन्तराष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको धनगढीले २० ओभरमा सवै विकेट क्षतिमा एक सय ८ रन मात्रै बनाउन सक्यो ।
धनगढीका मिलन बोहोराले १८ बलमा २८ रन बनाए । अभिषेक पालले २७, दिपेन्द्र सिंह ऐरीले १५ रन र राहुल भण्डारीले १३ रन बनाए । अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । धनगढीका ४ खेलाडी शुन्यमा आउट भए ।
अत्तरियाका लागि विवेक यादव र कमल गुप्ताले समान २ , दिपेश कँडेल, रसिद खान र साहव आलमले समान १ विकेट लिए ।
एक सय ९ रनको लक्ष्य पछ्याएको अत्तरियाले १५ ओभरमा ५ विकेट क्षतिमा जित हासिल गर्यो ।अत्तरियाका लागि शंकर रानाले अर्धशतक बनाए । ५५ बलमा शंकरले ४ छक्का र ३ चौकासहित नटआउट ५६ रन बनाए ।
२४ रन बनाएका दीपेशले शंकरसँग चौथो विकेटका लागि ७१ रनको साझेदारी गरे । भीम सार्कीले १६ रन जोडे । धनगढीका हिक्मत महराले २, ललित राजवंशी र भोजराज भट्टले समान १ विकेट लिए ।
अत्तरियाका शंकर राना नवजीवन सहकारी संस्था प्लेयर अफ द म्याच भए र उनले १० हजार रुपैयाँसहित ट्रफी पाए ।
नेपाल क्रिकेट संघको बार्षिक क्यालेण्डरमा समावेश गो ड्रिर्मसको आयोजनामा जारी प्रतियोगिताको विजेताले १० लाख र दोस्रो टोलीले ५ लाख सहित ट्रफी पाउनेछन् ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]