10 months ago
February 10, 2025
धनगढी (हाम्रो खेलकुद)- फ्रेण्डस युथ क्लब डडेल्धुरालाई ३४ रनले हराउँदै सिवाइसी अत्तरियाले अर्जुन ट्रफी जितेको छ। अत्तरिया अपराजित रहँदै च्याम्पियन बनेको हो।
फाप्ला अन्तराष्ट्रिय क्रिकेट मैदानमा सोमवार १ सय १९ रनको सहज लक्ष्य पछाएको डडेल्धुरा १८ ओभरमा सम्पुर्ण विकेट गुमाउँदै मात्र ८४ रनमा समेटियो।
ओपनर आयुष्मान बम शुन्यमा र विनोद भण्डारी ५ रनमा आउट भए। १ ओभर ५ बलको समाप्तिमा मात्र ५ रन जोड्दा डडेल्धुराले २ विकेट गुमाउँदै कमजोर सुरुवात गर्यो। उसले पहिलो पावर प्लेमा २८ रन जोड्दा २ विकेट गुमाएको थियो।
सुरुवात खराब गरेको डडेल्धुरा कुनै पनि समय सम्हालिन सकेन। गजेन्द्र बोहराले सर्वाधिक २४ रन बनाए। कुशल भुर्तेलले २० र अशोक धामीले ११ रन बनाउँदा अन्यले दोहोरो रन छुन सकेनन्।
सिवाइसीको जितको प्रमुख कारण उत्कृष्ट बलिङ बन्यो। उसको लागि दीपेश कँडेल र सहाब आलमले समान ३ विकेट लिए।
सहाबले ४ ओभर बलिङ गर्दै १ मेडन सहित मात्र ८ रन खर्चेर ३ विकेट लिंदै प्रभावशाली बलिङ गरे। दीपेशले १४ रन मात्र दिए। यसैगरी कमल गुप्ता र विवेक यादवले समान २ विकेट झारे।

त्यसअघि टस जितेर ब्याटिङ गरेको सिवाइसीले २० ओभरको खेलमा संघर्ष गर्दै ९ विकेटको नोक्सानीमा १ सय १८ रन बनायो।
सिवाइसीले सुरुवात राम्रो गर्न सकेन। पहिलो पावर प्लेमा १ विकेट गुमाएर मात्र ३१ रन बनायो। ओभरको दोस्रो बलमा त्रित राज दास शुन्य रनमा अजय चौहानको बलमा आउट भए।
पहिलो विकेट गुमाउँदा सिवाइसीले १ रन मात्र बनाएको थियो। यसपछि कप्तान सन्तोष कार्की र शंकर रानाले दोस्रो विकेटका लागि ३९ रनको साझेदारी गरे।
सन्तोष र शंकर समान २० रन बनाए । लगत्तै भीम सार्की पनि १० रन जोडेर अभिषेकको बलमा एलबीडब्लु धरापमा परे। ५२ रन जोड्दा ४ विकेट गुमाएको सिवाइसी दबाबमा परेको थियो।
दीपेश कँडेल ७ रनमा, विवेक यादव ११ रनमा आउट भए। यसपछि रसिद खान सन्दीप क्षेत्रीले सातौं विकेटको लागि ३४ रनको महत्वपूर्ण साझेदारी गरे। सन्दीप १२ रनका आउट भए। सातौं क्रमका ब्याटर रसिद खानले २१ बलको सामना गर्दै ३ छक्का र १ चौकाको मद्दतले सर्वाधिक ३१ रनको पारी खेले। उनी रन आउट भए ।
फ्रेण्ड्सका अभिषेक गौतमले बलिङमा उत्कृष्ट प्रदर्शन गरे। उनले ४ ओभर बलिङ गर्दै १५ रन खर्चेर ४ विकेट लिए। कुशल भुर्तेल र अभिषेक चौहानले १/१ विकेट लिंदा दुई खेलाडी रन आउट भए।
नेपाल क्रिकेट संघको बार्षिक क्यालेण्डरमा समावेश गो ड्रिर्मसको आयोजनामा जारी प्रतियोगिताको विजेताले १० लाख र दोस्रो हुने टोलीले ५ लाख प्राप्त गर्नेछन्।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]