default_image

10 months ago

February 10, 2025

विवेक अर्जुन ट्रफीका सर्वोत्कृष्ट खेलाडी

1005 views

0 Bookmark

धनगढी (हाम्रो खेलकुद)- अर्जुन ट्रफी टोली विजेता सिवाइसी अत्तरियाका विवेक यादव सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन्।

विवेकलाई १ लाख रुपैयाँ प्रदान गरिएको छ। प्रतियोगिता अवधिभर उनले १ सय ५२ रन बनाउनका साथै १० विकेट लिएका थिए।

दोस्रो भएको फ्रेण्डस युथ क्लब डडेल्धुराका कुशल भुर्तेल उत्कृष्ट बलर र उत्कृष्ट ब्याटर दुवै चिनिए। उनले ५ खेलमा १ सय ६८ रन जोड्दै १३ विकेट लिएका थिए। बेस्ट बलरको लागि ५० हजार र बेस्ट ब्याटरको लागि ५० हजार गरी १ लाख रुपैयाँ प्राप्त गरे।

डिसीए धनगढीका हिक्मत महरा उदयीमान खेलाडी घोषित भए र ५० हजार रुपैयाँ प्राप्त गरे।

आज भएको फाइनल खेलमा फ्रेण्डस युथ क्लब डडेल्धुरालाई ३४ रनले हराउँदै सिवाइसी अत्तरिया अपराजित रहँदै उपाधि जितेको थियो।

विजेता अत्तरियाले १० लाख र उपविजेता डडेल्धुराले ५ लाख रुपैयाँ प्राप्त गर्यो।

December 10, 2025

काठमाडौंलाई हराउँदै लुम्बिनी क्वालिफायर ‘टु’ मा

काठमाडौं (हाम्रो खेलकुद)- चौथो स्थानमा रहँदै प्ले अफ‌ पुगेको लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) क्वालिफायर ‘टु’ को यात्रा तय गरेको छ। काठमाडौं गोर्खाजलाई एलिमिनेटरमा आज ४ विकेटले हराउँदै लुम्बिनीले विराटनगर किङ्ससँगको भेट पक्का गरेको हो। १ सय १२ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १७.४ ओभरमा ६ विकेट गुमाउँदै जित निकाल्यो । लुम्बिनीले पनि ब्याटिङमा केही […]

December 10, 2025

लुम्बिनीविरुद्ध काठमाडौंको ब्याटिङ चलेन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी रोयल्सका स्पिनर चम्किएपछि काठमाडौं गोर्खाजले आज नेपाल प्रिमियर लिग (एनपिएल) को एलिमिनेटरमा खुलेर ब्याटिङ गर्न सकेन।‌ टस जितेर पहिला ब्याटिङ रोजेको काठमाडौंले त्यसको फाइदा उठाउन सकेन । स्पिनर शेर मल्ल, कप्तान रोहित पौडेल र अभिषेश गौतमले ७ विकेट लिएपछि काठमाडौंले १९.१ ओभरमा अलआउट हुँदै १ सय‌ ११ रन मात्र बनाउन सक्यो। […]

December 10, 2025

काठमाडौंले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) मा आज एलिमिनेटरमा काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स खेल्दैछन्। काठमाडौंका कप्तान करण केसीले टस जितेर ब्याटिङ रोजेका छन् । रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले फिल्डिङ गर्नेछ। लिग चरणमा काठमाडौंले लुम्बिनीलाई २२ रनले हराएको थियो। त्यो खेलमा लुम्बिनीले टस जितेर पहिला फिल्डिङ नै रोजेको थियो। काठमाडौंले अघिल्लो खेलकै टोलीलाई […]

Success

Thank you for your time.