10 months ago
February 11, 2025
सुमन अधिकारी,बुटवल
वेष्टर्न क्रिकेट क्लबले २३ औं संस्करणको रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।
भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा शनिवार फाइनलमा लुम्बिनी खुकुरी क्लबलाई ३९ रनले पराजित गर्दै वेष्टर्नले तेस्रोपटक सुपर लिगको उपाधि जितेको हो।
टस जितेर ब्याटिङ गरेको वेष्टर्नले निर्धारित ४१ ओभरमा ४०.४ ओभर खेल्दै सबै विकेट गुमाएर २ सय २५ रन बनाएको थियो ।
टोलीका लागि नरेन साउदले अर्धशतक बनाए । नरेनले ६६ , देव खनालले ४६, सन्देश थापाले २२, रन्जित खड्काले २१, निरकुमार गुप्ताले २० र भुवन पाण्डेले १४ रन बनाए ।
बलिङमा लुम्बिनी खुकुरीका अजयकुमार चौहानले ५, भुवन कार्कीले २ , दुर्गेश गुप्ता र सुप्रित घिमिरेले समान १ विकेट लिए ।
२ सय २६ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रेको लुम्बिनी खुकुरी ३८ ओभरमा १ सय ८६ रनमा अलआउट भयो ।
उसका लागि निश्चल चौधरीले ४३, भुवन कार्कीले २८, प्रज्वल थापाले २३, समीर अलीले २१, अमर मिश्राले १६ र अजयकुमार चौहानले १० रन बनाए।
बलिङमा वेष्टर्नका नरेन साउदले ४, देव खनाल र सुझाव थापाले समान २ र सन्देश थापाले १ विकेट लिए ।
वेष्टर्नले उपाधिसँगै १ लाख १ रुपैयाँसहित ट्रफी र दोस्रो लुम्बिनी खुकुरीले ५० हजार १ रुपैयाँ प्राप्त गर्यो ।
फाइनलमा अलराउण्ड प्रदर्शन गरेका नरेन साउद म्यान अफ द फाइनल घोषित भए ।
वेष्टर्नकै देव खनाल म्यान अफ द सिरिज बने । वेष्टर्नका अभिशेष गौतम उत्कृष्ट बलर, न्यु होराइजनका निश्चल ज्ञवाली उत्कृष्ट ब्याटर र तिलोत्तमा क्रिकेट क्लबका सन्दीप यादव उदयीमान खेलाडी घोषित भए । उनीहरुले समान ५ हजार रुपैयाँ प्राप्त गरे ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]