10 months ago
February 18, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय क्रिकेट टोलीले युगान्डामा खेल्ने टुरको लागि १८ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइएका छन् । टुर फागुन २२ गतेदेखि चैत ४ गतेसम्म हुनेछ।
नेपाल क्रिकेट संघ (क्यान) ले मंगलवार बन्द प्रशिक्षणमा कप्तान इन्दु बर्मा सहित रुबिना क्षेत्री, बिन्दु रावल, अलिशा यादव, सना प्रविन, राजमति ऐरी,रोमा थापा, ममता चौधरी, ईश्वरी बिष्टलाई बोलाएको छ।
त्यस्तै पुजा महतो, कविता जोशी, मनिषा उपाध्याय, सव्नम राई, सिमाना केसी, रचना चौधरी, शोभा रोकाया, रिया शर्मा र सम्झना खड्कालाई प्रशिक्षणमा डाकिएको छ।
नियमित खेलाडी सीता राना मगर र कविता कुँवरले चोटको कारण यो टुर गुमाउने भएका छन्। रिया शर्मा र सिमाना केसीलाई पहिलो पटक राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा बोलाइएको हो।
युगान्डाको टुरमा के कति वटा खेल खेल्ने यसको निर्णय अहिले नभएको क्यानका प्रवक्ता छुम्पी लामाले हाम्रो खेलकुद डटकमलाई बताए।
यसअघि नेपालले घरेलु मैदानमा नेपालले त्रिकोणात्मक अन्तराष्ट्रिय सिरिज खेलेको थियो। जहाँ नेपालले खेलेको सबै ६ खेलमा हार बेहोरेको थियो।
बन्द प्रशिक्षणमा बाेलाइएका खेलाडी
इन्दु बर्मा (कप्तान), रुविना क्षेत्री, विन्दु रावल, पूजा महतो, सबनम राई, सोभा रोकाय, सम्झना खड्का, ममता चौधरी, राजमति ऐरी, रोमा थापा, रचनfकुमारी चौधरी, मनिषा उपध्याय, कविता जोशी, ईश्वरी विष्ट, अलिशाकुमारी यादव, साना प्रविन, सीमाना केसी, रिया शर्मा
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]