10 months ago
February 21, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको आफ्नो डेब्यु खेलमा अफगानिस्तानले दक्षिण अफ्रिकाविरुद्ध टस हारेको छ ।
पाकिस्तानको कराँचीमा रहेको नेशनल बैंक क्रिकेट स्टेडियममा दक्षिण अफ्रिकाका कप्तान टेम्बा बमुभाले टस जितेर ब्याटिङ रोजेका हुन् ।
सन् २०२३ को आइसिसी पुरुष क्रिकेट विश्वकप र २०२४ को आइसिसी पुरुष टि ट्वान्टी विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेको आत्मविश्वास अफगानिस्तानसँग छ।
२०२३ को पुरुष क्रिकेट विश्वकपमा सेमिफाइनल पुगे यता दक्षिण अफ्रिकाको ५० ओभरको क्रिकेटमा प्रदर्शन अलि अस्थिर देखिएको छ। पाकिस्तानमा खेलेका पछिल्ला खेलहरूले उनीहरूलाई च्याम्पियन्स ट्रफीका लागि आत्मविश्वास बढाउने आशा गरिएको छ।
आजको खेलमा अफगानिस्तानका अजमतुल्लाह ओमरजाई प्रमुख मान्न सकिन्छ। उनी २०२४ को पुरुष एकदिवसीय वर्ष खेलाडी घोषित भएका थिए। उनले विश्वकपमा उनले ३ सय ५३ रन बनाउनुका साथै ९ विकेट लिएका थिए। जसले अफगानिस्तानलाई ठूला जित समेत दिलाएको थियो।
नवीन-उल-हक अनुपस्थित रहँदा अफगानिस्तानको बलिङमा ओमरजाईको भूमिकामा थप जिम्मेवारी रहनेछ।
दक्षिण अफ्रिकाको लागि टेम्बा बावुमाको प्रदर्शन अब्बल रहन सक्छ। दक्षिण अफ्रिकी कप्तान टेम्बा राम्रो लयमा छन्। उनले हालै कराचीमा पाकिस्तानविरुद्ध त्रिकोणात्मक सिरिजमा ८२ रनको इनिङ्स खेलेका थिए।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]