default_image

10 months ago

February 22, 2025

कैलाली प्रिमियर लिग – भिमदत्त र त्रिवेणी विजयी

322 views

0 Bookmark

काठमाडौं(हाम्रो खेलकुद) – धनगढीमा जारी एसपिए कैलाली प्रिमियर लिग–३ मा समूह ‘डी’ को पहिलो खेलमा भिमदत्त नगरपालिकाले पर्शुराम नगरपालिकालाई ४७ रनले पराजित गरेको छ ।

१ सय ६३ रनको लक्ष्य पछ्याउने क्रममा पर्शुरामले २० ओभरमा ८ विकेट गुमाएर १ सय १५ रन मात्र बनाउन सक्यो ।

पर्शुरामका लागि कप्तान राज विश्वकर्माले सर्वाधिक ३८ रन बनाए । दिल बहादुर बोहराले ३४ र ओपनर अर्जुन बिकले १६ रन जोडे ।

भिमदत्तका लागि सन्तोष भट्टले ४ ओभरमा १ मेडन राख्दै ११ रन खर्चेर ४ विकेट लिएका सन्तोष भट्ट प्लेयर अफ दि म्याच घोषित भए । समिर बिस्ट र अरुण ऐरीले समान १ विकेट लिए ।

त्यसअघि फाप्ला क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको भिमदत्तले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ६२ रन बनायो ।

भिमदत्तका लागि सन्तोष भट्टले सर्वाधिक ३२ रन बनाए । किरण चन्दले ११ बलमा ३१ रनको आक्रामक पारी खेले । नितेह बिस्टले २७, अभिषेक थापाले २० तथा अरुण ऐरीले १९ रन जोडे ।

पर्शुराम लागि अर्जुन बिकले ४ ओभरमा १ मेडन राख्दै २१ रन खर्चेर ३ विकेट लिए । टेक थलालले २ तथा कृष्ण बिस्टले १ विकेट लिए ।

समूह सी अन्तर्गतका शनिवार नै भएको दोश्रो तथा प्रतियोगीताको आठौं खेलमा बाजुराको त्रिवेणी नगरपालिका विजयी भएको छ ।

त्रिवेणीले वेदकोट नगरपालीकालाई ६ विकेटले पराजित गर्दै प्रतियोगीतमा सुखद सुरुवात गरेको हो । १ सय १९ रनको लक्ष्य त्रिवेणीले १५.५ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो ।

त्रिवेणी नगरपालिकाका लागि राजु रिजालले उत्कृष्ट ब्याटिङ गरे । ३० बलको सामना गरेका रिजालले ३ चौका र २ छक्काको मद्दतले ४१ रनको नट आउट पारी खेले । त्यस्तै सुमित श्रेष्ठले २१ रन बनाउँदा तुल बहादुर थापा १९ रनमा अविजित रहे ।

विजय राना र शुशिल खड्काले समान १६ रन बनाए । वेदकोट नगरपालिका लागि लक्ष्मण खडायतले २ तथा विवेक बोहरा र महेश बिष्टले समान १ विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको वेदकोटले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय १८ रन बनाएको थियो ।

वेदकोटका लागि विशाल बोहराले सर्वाधिक ३६ रन बनाए । दिपक बोहराले २४ रन बनाउँदा कृष्ण बिष्ट १७ रनमा अविजित रहे । महेश बिष्ट १६ रनमा पवेलियन फर्किए ।

त्रिवेणीका लागि दिपक टमाट्टाले ४ ओभरमा १६ रन खर्चिएर ५ विकेट लिए । दिपक प्लेयर अफ दी म्याच चुनिए । त्यस्तै लोकेन्द्र चन्दले २ विकेट लिदा विशाल आचार्यले १ विकेट लिए ।

केपिएलको तेश्रो संस्करणमा १२ टोलीको सहभागिता छ । सहभागी टोलीलाई ४ समूहमा विभाजित गरिएको छ । प्रतियोगिताको विजेता टोलीले २ लाख, दोस्रो टोलीले १ लाख रुपैयाँ प्राप्त गर्नेछ।

सर्वोत्कृष्ट खेलाडीले २५ हजार, बेष्ट बलर र ब्याटरले समान १५ हजार, उदयमान खेलाडीले १० हजार र प्रत्येक खेलको प्लेयर अफ दी म्याचले २ हजार ५ सय रुपैयाँ प्राप्त गर्ने आयोजक जिल्ला क्रिकेट संघ कैलालीले जनाएको छ । प्रतियोगिता फागुन १४ गते सकिनेछ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.