10 months ago
February 24, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीमा न्युजिल्याण्डविरुद्ध बंगलादेशले मध्यम योगफल तयार गरेको छ ।
समूह ‘ए’ को खेलमा बंगलादेशले २ सय ३७ रनको लक्ष्य तयार गरेको हो । पाकिस्तानको रावलपिण्डी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको बंगलादेश निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३६ रन बनायो ।
बंगलादेशका लागि ओपनर समेत रहेका कप्तान नजमुल हसन शान्तोले सर्वाधिक ७७ रन जोडे । उनले १ सय १० बलमा ९ चौका प्रहार गरे । जाकिर अलि ५५ बलमा ४५ तथा रिशाद होसनैन २६ रन बनाए ।
ओपनर तान्जिद हसन २४ तथा तस्किन अहमद १० रनमा आउट भए । न्युजिल्याण्डका लागि माइकल ब्रेसवेलले ४, विल ओरोकले २ तथा कायल जेमिन्सन र म्याट हेनरीले समान १ विकेट लिए ।
न्युजिल्याण्डले पहिलो खेलमा आयोजक पाकिस्तानलाई फराकिलो अन्तरले पराजित गरेको थियो । आजको खेलमा बंगलादेशलाई पराजित गरि भारतविरुद्धको खेल अगावै न्युजिल्याण्ड सेमिफाइनलमा स्थान पक्का गर्न चाहान्छ ।
पहिलो खेलमा भारतसँग पराजित बंगलादेशलाई फाइनल सम्भावना कायम राख्न यो खेल जित्नै पर्ने हुन्छ । यो खेलमा पराजित भएमा बंगलादेश प्रतियोगिताबाट १ खेल अगावै बाहिरिने छ । बंगलादेश पराजित भएमा पाकिस्तान पनि समूह चरणबाटै बाहिरिने छ ।
यसअघि सन् २०१७ मा कार्डिफमा भएको च्याम्पियन्स ट्रफीमा बंगलादेशले न्युजिल्याण्डलाई हराएको थियो । प्रतियोगिताको हेड टु हेड रेकर्ड १-१ को बराबरीमा छ ।
न्युजिल्याण्डले २०१५ यता बंगलादेशसँग २१ खेल खेलेको छ । जसमा न्युजिल्याण्डले १७ र बंगलादेशले ३ खेल जितेको थियो । पछिल्लो ५ खेलमा ४ मा न्युजिल्याण्ड र १ मा बंगलादेश विजयी भएको थियो ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । प्रतियोगितामा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम प्रदेशका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]