10 months ago
February 25, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नन्दन यादवको अलराउण्ड प्रदर्शनमा प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको बागमती छनोटमा ललितपुर जिल्लाले विजयी सुरुआत गरेको छ ।
मुलपानीमा मंगलवार भएकाे खेलमा ललितपुरले काठमाडौं जिल्लालाई ५९ रनले पराजित गरेको हो । २ सय २८ रनको लक्ष्य पछ्याएको काठमाडौं ४२.३ ओभरमा १ सय ६८ रनमै समेटियो ।
काठमाडौंका लागि सोनु देवकोटाले ४८ बल खेल्दै सर्वाधिक ४० रन जोडे । जभ्याङ लामा ५५ बलमा २८ र प्रशिद्ध जैसी ४० बलमा १९ रन बनाए ।
ललितपुरका लागि सूर्य तामाङले ३, रोनिम तिवारी र नन्दनले समान २ विकेट लिए ।
त्यसअघि मुलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको ललितपुरले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय २७ रन बनाएको थियो ।
ललितपुरका लागि आदिल खानले ७७ बलमा सर्वाधिक ६२ रन जोडे । प्लेयर अफ द म्याच भएका नन्दन यादवले ८० बलमा ५४ रन बनाए । विवेक रानामगरले ४८ बलमा २९ रन थपे ।
काठमाडौंका लागि कप्तान प्रतिश जिसीले १० ओभरमा ६० रन खर्चिएर ५ विकेट लिए । सोनु देवकोटाले २ र निश्चल श्रेष्ठले १ विकेट लिए ।
उता, चितवनमा भएको अर्को खेलमा मकवानपुर जिल्लाले चितवनलाई ७१ रन हरायो ।
१ सय ४४ रनको लक्ष्य पछ्याएको चितवन ३१.४ ओभरमा ७२ रनमै समेटियो । चितवन प्रतिक श्रेष्ठले १४, रोशन झाले १२ र विकलकुमार गुप्ताले ११ रन बनाए ।
मकवापुरका लागि साकार गजुरेलले ३, असिम श्रेष्ठ र खेलको प्लेयर अफ द म्याच भएका रिजन ढकालले समान २ विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको मकवानपुर ४८.५ ओभरमा १ सय ४३ र बनायो । मकवानपुरका सुमन सुनारले सर्वाधिक ४९ रन जोडे । गौरव खड्काले १९ र तक्षक सिम्खडाले १४ रन बनाए ।
चितवनका लागि दिपेश श्रेष्ठले ४, विशाल खत्रीले २ र प्रशान्त महतले १ विकेट लिए ।
December 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- चौथो स्थानमा रहँदै प्ले अफ पुगेको लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) क्वालिफायर ‘टु’ को यात्रा तय गरेको छ। काठमाडौं गोर्खाजलाई एलिमिनेटरमा आज ४ विकेटले हराउँदै लुम्बिनीले विराटनगर किङ्ससँगको भेट पक्का गरेको हो। १ सय १२ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १७.४ ओभरमा ६ विकेट गुमाउँदै जित निकाल्यो । लुम्बिनीले पनि ब्याटिङमा केही […]
December 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी रोयल्सका स्पिनर चम्किएपछि काठमाडौं गोर्खाजले आज नेपाल प्रिमियर लिग (एनपिएल) को एलिमिनेटरमा खुलेर ब्याटिङ गर्न सकेन। टस जितेर पहिला ब्याटिङ रोजेको काठमाडौंले त्यसको फाइदा उठाउन सकेन । स्पिनर शेर मल्ल, कप्तान रोहित पौडेल र अभिषेश गौतमले ७ विकेट लिएपछि काठमाडौंले १९.१ ओभरमा अलआउट हुँदै १ सय ११ रन मात्र बनाउन सक्यो। […]
December 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) मा आज एलिमिनेटरमा काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स खेल्दैछन्। काठमाडौंका कप्तान करण केसीले टस जितेर ब्याटिङ रोजेका छन् । रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले फिल्डिङ गर्नेछ। लिग चरणमा काठमाडौंले लुम्बिनीलाई २२ रनले हराएको थियो। त्यो खेलमा लुम्बिनीले टस जितेर पहिला फिल्डिङ नै रोजेको थियो। काठमाडौंले अघिल्लो खेलकै टोलीलाई […]