default_image

10 months ago

February 26, 2025

नन्दनको अलराउण्ड प्रदर्शनमा ललितपुरको लगातार दोस्रो जित

305 views

0 Bookmark

काठमाडौं(हाम्रो खेलकुद) – नन्दन यादवले अलराउण्ड प्रदर्शनको सहयोगमा प्रधानमन्त्री कप बागमती प्रादेशिक छनोट प्रतियोगितामा ललितपुरले लगातार दोस्रो जित हासिल गरेको छ ।

लगातार दोश्रो जित दर्ता गर्ने क्रममा ललितपुरले भक्तपुरमाथि ९६ रनको जित हात पारेको हो । ललितपुरले दिएको २ सय ८४ रनको लक्ष्य पछ्याएको भक्तपुरले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर १ सय ८७ रन मात्र बनायो ।

भक्तपुरका लागि सक्रिय प्रताप कार्कीले ८४ बलमा सर्वाधिक ७४ रन जोडे । गौरभ पौडेलले ८७ बलमा ६० तथा त्रिशान चौलागाईंले ३७ बलमा १६ रन जोडे । ललितपुरका लागि नन्दनले ३, विपिन आचार्यले २ र तिलक राज भण्डारीले १ विकेट लिए । सुबाश खत्रीले २ विकेट लिए।

त्यसअघि मुलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको ललितपुरले ५० ओभरमा ८ विकेट गुमाएर २ सय ८३ रन जोड्यो । ललितपुरका लागि प्लेयर अफ द म्याच समेत भएका नन्दनले प्रतियोगितामा लगातार दोस्रो अर्धशतक प्रहार गरे ।

नन्दनले लगातार दोश्रो अर्धशतक बनाउने क्रममा सर्वाधिक ८४ रन बनाए । नन्दन ५७ बलमा नट आउट रहे । नन्दनले अघिल्लो खेलमा काठमाडौँ विरुद्ध पनि ५४ रन बनाउनुको साथै २ विकेट लिएका थिए । उनि लगातार दोश्रो खेलमा प्लेयर अफ द म्याच समेत घोषित भए।

आदील खान र आशुतोष घिरैयाले समान ४७ रन जोडे । भक्तपुरका लागि सुवास खत्रीले २ तथा कृष कार्की र समन हुमागाईंले समान १ विकेट लिए ।

यस्तै, आजै घरेलु मैदानमा भएको खेलमा चितवन जिल्लाले पहिलो जित हात पार्यो । पहिलो खेलमा मकवानपुरसँग पराजित बुधवार भएकाे खेलमा चितवनले नुवाकोटलाई ४० रनले पराजित गर्यो ।

चितवनले दिएको १ सय ४७ रनको लक्ष्य पछ्याएको नुवाकोटले ३१.४ ओभरमा १ सय ६ रन मात्र बनाउन सक्यो ।

नुवाकोटका लागि योगेश भाटले ४९ बलमा सर्वाधिक २८ रन जोडे । दीनेश सुवेदीले ३३ बलमा २१ तथा अभिराज यादवले १० रन जोडे । चितवनका लागि गौतम केसीले ४, दिपेश श्रेष्ठ र संघर्ष पौडेलले समान २ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चितवन ४१.२ ओभरमा १ सय ४६ रनमा समेटियो । चितवनका लागि कप्तान दिपेश श्रेष्ठले ६२ बलमा सर्वाधिक ४८ रन जोडे । क्रिजन गुरुङले ४३ बलमा २२ र प्रशान्त महतले ४७ बलमा २१ रन जोडे ।

नुवाकोटका लागि अभिराज यादवले ३ तथा गणेश गौतम र सुशील साउदले समान २ विकेट लिए । अलराउण्ड प्रदर्शन गर्दै चितवनलाई जित दिलाएका कप्तान दीपेश प्लेयर अफ द म्याच भए ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.