default_image

10 months ago

February 28, 2025

अस्ट्रेलिया १६ वर्षपछि च्याम्पियन्सिप ट्रफीको सेमिफाइनलमा

2063 views

0 Bookmark

एजेन्सी – अस्ट्रेलिया आइसिसी च्याम्पियन्स ट्रफी क्रिकेटको सेमिफाइनलमा पुगेको छ । समूह ‘बी’ मा शुक्रवार अफगानिस्तानसँगको खेल वर्षाका कारण नतिजाविहीन बनेपनि अस्ट्रेलिया ४ अंकसहित अन्तिम चारमा पुगेको हो ।

अस्ट्रेलिया १६ वर्षपछि सेमिफाइनलमा पुगेको हो । सन् २००९ मा उपाधि जितेकलो अस्ट्रेलियाले २०१३ र २०१७ को च्याम्पियन्स ट्रफीमा कुनैपनि खेल जितेन ।

पाकिस्तानको लाहोरमा आज २ सय ७४ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले दमदार सुरुवात गर्दै १२.५ ओभरमा १ विकेट गुमाएर १ सय ९ रन बनाउँदा वर्षाले खेल रोकिएको थियो।

ट्राभिस हेड ५९ र स्टिभ स्मिथ १९ रनमा नआउट रहे । म्याट शर्ट २० रनमा आउट भए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको अफगानिस्तानले  ५० ओभरमा सबै विकेट गुमाएर २ सय ७३ रन बनाएको थियो।

सदिकुल्ला अटल‌ र अजमतुल्लाले अर्धशतकीय इनिङ खेले । सदिकुल्लाले ९५ बलमा ६ चौका र ३ छक्काको मद्दतमा‌ ८५ रन बनाए‌। अजमतुल्लाले ६३ बल १ चौका र ५ छक्कासहित ६७ रन जोडे ।

कप्तान हस्मातुला शाहिदीले २०, ओपनर इब्राहिम जाद्रनले २२, रसिद खानले १९, रहमत शाहले‌ १२ रन बनाए। अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन्।

अस्ट्रेलियाका बेन द्वारस्विसले ३, स्पेन्सर जोन्सन, एडन जाम्पाले समान २ तथा नाथन इल्स र ग्लेन म्याक्सवेलले समान १ विकेट लिए।

अब समूह बी बाट अफगानिस्तानको झिनो गणितिय सम्भावना बाँकी नै रहँदा इंग्ल्याण्ड र दक्षिण अफ्रिकाबिचको खेलपछि सेमिफाइनल समीकरण पूरा हुनेछ ।

शनिवार हुने खेलमा दक्षिण अफ्रिका विजयी भएमा समूह विजेता बन्नेछ । इङ्ग्ल्याण्डले सामान्य अन्तरको जित निकाल्दा पनि दक्षिण अफ्रिका नै सेमिफाइनलमा पुग्नेछ । इङ्ग्ल्याण्डले निकै फराकिलो अन्तरको जित निकाले मात्र अफगानिस्तानको सम्भावना रहन्छ ।

समूह एबाट न्युजिल्याण्ड र भारत सेमिफाइनल पुगिसकेका छन् भने पाकिस्तान र बंगलादेश प्रतियोगिताबाट बाहिरिसकेको छ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.