9 months ago
March 1, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीमा इङ्ल्यान्डले दक्षिण अफ्रिकालाई जितको लागि १ सय ८० रनको सहज लक्ष्य दिएको छ।
पाकिस्तानको कराचीस्थित नेशनल स्टेडियममा टस जितेर इङ्गल्यान्डले पहिले ब्याटिङ गर्यो। निर्धारित ५० ओभरको खेलमा इङ्गल्यान्ड ३८ ओभर २ बलमा सबै विकेट गुमाउँदै मात्र १ सय ७९ रनमा समेटियो।
समूह चरणबाट बाहिरिसकेको इङ्ल्यान्ड सान्त्वना जित निकाल्ने दाउमा थियो। तर सुरूवात राम्रो गर्न सकेन। ३७ रन जोड्दा ३ विकेट गुमाइसकेको थियो। मार्को जानसेनले लगातार सुरूवाती ३ विकेट झारे।
फिल साल्ट ८ रनमा, जेमी स्मिथ बिना कुनै रन र बेन डकेट २४ रनमा आउट भए। यसपछि पनि कुनै खेलाडीले ठुलो पारी खेल्न सकेनन्। जो रुटले सर्वाधिक ३७ रन जोड्दा जोफ्रा आर्चरले २५ तथा जोस बटलरले २१ रन बनाए।
बलिङमा मार्को जानसेनले ९ ओभर बलिङ गर्दै ३९ रन खर्चेर ३ विकेट लिए्। वियान मल्डरले ७ ओभर २ बल बलिङ गर्दै २५ रन दिएर ३ विकेट झारे। केशव महाराजले भने २ विकेट आफनो नाममा लेखाए।
जितले दक्षिण अफ्रिका सेमिफाइनलमा पुग्नेछ। इङ्गल्यान्ड समुह चरणको दुई खेल हार्दै बाहिरि सकेको छ। यदि दक्षिण अफ्रिकाले यो खेल जिते अफगानिस्तान पनि समूह चरणबाटै बाहिरिनेछ। यो समूहबाट अष्ट्रेलिया सेमिफाइनलमा पुगिसकेको छ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]