10 months ago
March 1, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीमा इङ्ल्यान्डले दक्षिण अफ्रिकालाई जितको लागि १ सय ८० रनको सहज लक्ष्य दिएको छ।
पाकिस्तानको कराचीस्थित नेशनल स्टेडियममा टस जितेर इङ्गल्यान्डले पहिले ब्याटिङ गर्यो। निर्धारित ५० ओभरको खेलमा इङ्गल्यान्ड ३८ ओभर २ बलमा सबै विकेट गुमाउँदै मात्र १ सय ७९ रनमा समेटियो।
समूह चरणबाट बाहिरिसकेको इङ्ल्यान्ड सान्त्वना जित निकाल्ने दाउमा थियो। तर सुरूवात राम्रो गर्न सकेन। ३७ रन जोड्दा ३ विकेट गुमाइसकेको थियो। मार्को जानसेनले लगातार सुरूवाती ३ विकेट झारे।
फिल साल्ट ८ रनमा, जेमी स्मिथ बिना कुनै रन र बेन डकेट २४ रनमा आउट भए। यसपछि पनि कुनै खेलाडीले ठुलो पारी खेल्न सकेनन्। जो रुटले सर्वाधिक ३७ रन जोड्दा जोफ्रा आर्चरले २५ तथा जोस बटलरले २१ रन बनाए।
बलिङमा मार्को जानसेनले ९ ओभर बलिङ गर्दै ३९ रन खर्चेर ३ विकेट लिए्। वियान मल्डरले ७ ओभर २ बल बलिङ गर्दै २५ रन दिएर ३ विकेट झारे। केशव महाराजले भने २ विकेट आफनो नाममा लेखाए।
जितले दक्षिण अफ्रिका सेमिफाइनलमा पुग्नेछ। इङ्गल्यान्ड समुह चरणको दुई खेल हार्दै बाहिरि सकेको छ। यदि दक्षिण अफ्रिकाले यो खेल जिते अफगानिस्तान पनि समूह चरणबाटै बाहिरिनेछ। यो समूहबाट अष्ट्रेलिया सेमिफाइनलमा पुगिसकेको छ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]