10 months ago
March 2, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको समुह चरणको अन्तिम खेलमा आज दाबेदार भारत र न्युजिल्यान्डबिच प्रतिस्पर्धा हुँदैछ।
दुबईमा नेपाली समय अनुसार दिउँसो २:४५ बजे खेल सुरु हुनेछ। दुवै टोली सेमिफाइनलमा पुगिसकेका छन्।यी दुवै उत्कृष्ट एकदिवसीय टोली हुन्। दुवै उच्च फर्ममा देखिएका छन्।
अलराउन्डरहरूको सन्तुलित प्रदर्शनका कारण पनि बलियो देखिएका हुन्। यी दुईबिचको भिडन्त रोमाञ्चक हुने गरेको छ। तर आज यो खेललाई सेमिफाइनलको पूर्वतयारीको रूपमा पनि लिन सकिन्छ। अब निर्धारण हुन बाँकी उनीहरूको सेमिफाइनल प्रतिद्वन्द्वी हो। दक्षिण अफ्रिका वा अष्ट्रेलिया।
सेमिफाइनल खेलअघि भारतलाई छोटो विश्राम हुने भएकाले आजको खेल प्रतिस्पर्धात्मक नहुन पनि सक्छ। केही ठूला खेलाडीहरूलाई विश्राम दिइने सम्भावना छ। भारतका सहायक प्रशिक्षक रयान टेन डोशेटका अनुसार मुख्य बलरहरूले आफ्ना १० ओभर पूरा नखेल्न पनि सक्छन्।
आज विराट कोहलीको लागि विशेष खेल बन्नेछ। उनी ३ सयौं एकदिवसीय खेल खेल्न गइरहेका छन्। उनी यो उपलब्धि हासिल गर्ने विश्वका २२औं र भारतबाट सातौं खेलाडी हुनेछन्।
पछिल्लो समय एकदिवसीय क्रिकेटको संख्या कम भइरहेकाले कोहलीको निकटतम समकालिन मुशफिकुर रहिमले २ सय ७४ र रोहित शर्माले २ सय ७२ खेल खेल का छन्।
भारतको ब्याटिङले अझैसम्म यो प्रतियोगितामा कडा परीक्षा दिनुपरेको छैन। उदले अहिलेसम्म दुबै खेलमा दोस्रो इनिङमा ब्याटिङ गरेको छ । २ सय २९ र २ सय ४२ रनको लक्ष्य सजिलै पूरा गरेका छ।
आजको खेलमा भारतीय ब्याटरले न्युजिल्यान्डका उत्कृष्ट स्पिनरहरू मिचेल सान्टनर र माइकल ब्रासवेलविरुद्ध कठिन चुनौतीको सामना गर्नुपर्ने सम्भावना छ।
यही कारणले श्रेयस अय्यरको भूमिका महत्वपूर्ण हुन सक्छ। कोहली र केएल राहुलले २०२३ देखि मिडल ओभरमा स्पिनरविरुद्ध ८० को स्ट्राइक रेट राखेका छन्। जबकी अय्यरको स्ट्राइक रेट ९५.२४ रहेको छ।
पाकिस्तानसँगको खेलपछि भारतीय टोलीले ६ दिनको विश्राम पाएको थियो। तर अब यो खेल र सेमिफाइनलबिच केवल १ दिनको अन्तर छ। रोहित शर्मा र मोहम्मद शमीलाई पाकिस्तानविरुद्धको खेलमा चोट लागेको थियो। तर टोली उनीहरु दुबै फिट रहेको बताइएको छ।
भारतीय टोलीले शनिवार अभ्यास गरेन। ऋषभ पन्तले शुक्रवार नेट्समा लामो समय अभ्यास गरे। जसको कारण उनले आज खेल्ने संभावनाको संकेत गरेको छ। चोटबाट फर्केपछि उनले जुलाई २०२४ पछि मात्र एक ओडीआई खेलेका छन्।
यता डेरिल मिचेलले बंगलादेशविरुद्धको खेल गुमाएपछि अहिले फिट भएका छन्। जसले न्युजिल्यान्डको शीर्षक्रम चयनमा प्रशिक्षकलाई चुनौती हुन सक्छ। रचिन रविन्द्र, जो चोटपछि टोलीमा फर्किएका थिए। उनले बंगलादेशविरुद्ध शतकीय इनिङस खेले।
विल यंगले पाकिस्तानविरुद्धको पहिलो खेलमा शतक हानेका थिए। डेवोन कॉनवे, जसले रविन्द्रलाई प्रतिस्थापन गरेका थिए। उनी पनि राम्रो फर्ममा छन्।
यसअघि समूह चरणको खेलमा भारतले पाकिस्तान र बंगलादेशलाई समान ६ विकेटले हराएको थियो। न्युजिल्यान्डले पाकिस्तानलाई ६० रनले र बंगलादेशलाई ५ विकेटले हराएको थियो।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]