default_image

10 months ago

March 2, 2025

पूजा र कविता एक्स्ट्राटेकको ‘ब्राण्ड एम्बेसडर’

699 views

0 Bookmark

सुमन अधिकारी, बुटवल

नेपाली महिला क्रिकेटन टोलीकी सदस्य तथा यु–१९ टोलीकी कप्तान पूजा महतो र कविता कुवँर एक्स्ट्राटेक ओवल क्रिकेट मैदानको ब्राण्ड एम्बेसडर नियुक्त भएका छन्

नीजि क्षेत्रबाट निर्मित अन्तराष्ट्रिय क्रिकेट मैदानले पूजा र कवितालाई आगामी २ वर्षका लागि ब्रान्ड एम्बेसडरको रुपमा नियुक्त गरेको हो । एक्स्ट्राटेकका निर्देशक विनोद कुँवरले पूजा र कवितासँग आइतवार रुपन्देहीको तिलोत्तमा नगरपालिकामा निमार्णाधिन मैदानमा कार्यक्रमकाबिच सम्झौता गरेका छन् ।

एक्स्ट्राटेकका निर्देशक कुँवरले नेपाली महिला क्रिकेट खेलमा सानो भएपनि योगदान गर्ने र खेलाडीलाई खेलमा केन्द्रीत हुने वातावरण सिर्जना गर्ने उद्देश्यले पूजा र कवितालाई ब्राण्ड एम्बेसडर नियुक्त गरिएको बताए ।

उनले नेपाली महिला क्रिकेटको भविष्य उज्जवल रहेको र युवा खेलाडीहरुले नियमति रुपमा खेल्ने अवसर पाएमा टेस्ट राष्ट्रको दाजोमा पुग्न सक्ने महसुस गर्दै सानो सहयोग गरेको बताएका छन् ।

निर्देशक कुँवरले खेलाडीलाई खेलेर जीवन धान्न सकिन्छ भन्ने देखाउन र उनीहरुको हौसला बढाउन यस प्रकारको कामले प्रेरित गर्ने बताउँदै खेलाडीलाई खेलमा ध्यान केन्द्रीत गर्ने अवस्था बनाउनु जरुरी रहेको बताए ।

उनले ब्राण्ड एम्वेसडरको सम्झौतालाई निरन्तरता दिन प्रतिबद्धता जनाउँदै आगामी दिन अन्य खेलाडीलाई समेटेर लैजाने योजना रहेको सुनाए ।

कार्यक्रममा नेपाल क्रिकेट संघ(क्यान)का केन्द्रीय उपाध्यक्ष रोशन सिंहले क्यानकै प्रोटोकलभित्र रहेर २ खेलाडीलाई एक्स्ट्राटेकको ब्रान्ड एम्बेसडर बनेको बताउँदै यस प्रकारको सहयोगले खेलाडी र क्रिकेटको विकासका लागि महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

उनले नीजि लगानीमा सबै सुविधायुक्त क्रिकेट मैदान निमार्ण गरि ऐतिहासिक काम गरेको अवस्थामा खेलाडीका लागि अर्को कामले नेपाली क्रिकेटमा उत्साह थपेको बताए ।

पूजाले यु–१९ को टोली छनोटका लागि एक्स्ट्राटेक ओवल मैदानमा गरिएको क्लोज क्याम्प आफ्नो खेल जीवनको स्वर्णिम क्षण भएको स्मरण गर्दै एम्वेसडर नियुक्तीले आफुलाई हौसला र खेलमा केन्द्रीत हुन मद्दत मिल्ने बताइन् ।

उनले भनिन् ‘एक्स्ट्राटेकसँग सम्झौता हुँदा धेरै खुसी छु । यस्तो खाले सहयोगले हामी खेलाडीलाई हौसला मिल्छ । साथै देशका लागि अझै धेरै सफलता दिलाउने हौसला मिल्नेछ।’

एक्स्ट्राटेक ओवलले पूर्व क्रिकेटर तथा नेपाली पुरुष यु–१९ का प्रशिक्षक शक्ति गौचनलाई यस अघि नै ब्राण्ड एम्वेसडर नियुक्त गरेको थियो ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.