default_image

10 months ago

March 2, 2025

भारतले न्युजिल्यान्डलाई दियो मध्यम लक्ष्य

1085 views

0 Bookmark

एजेन्सी – च्याम्पियन्स ट्रफीको समूह चरणको अन्तिम खेलमा भारतले न्युजिल्यान्डलाई जितको लागि २ सय ५० रनको मध्य लक्ष्यको चुनौती दिएको छ।

दुबई इन्टरनेसनल क्रिकेट स्टेडियममा टस जितेर न्युजिल्यान्डले बलिङ रोज्यो। पहिले ब्याटिङ गरेको भारतले ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ४९ रन बनायो।

खराब सुरुवात गरेको भारतले ३० रन जोड्दा ३ विकेट गुमायो। शुभमन गील २ रनमा, रोहित शर्मा १५ रनमा र करियरको ३ सयौं ओडिआई खेलेका विराट कोहली ११ रनमा आउट भए।

त्यसपछि श्रेयस अयर र अक्सर पटेलले चौथो विकेटका लागि ९८ रनको साझेदारी गरे। अक्सर ४२ रनमा आउट भए। श्रेयसले अर्धशतकीय पारी खेल्दै सर्वाधिक ७९ रन बनाए। यस्तै हार्दिक पाण्ड्याले ४५ र केएल राहुलले २३ रन जोडे।

बलिङमा म्यान हेनरीले सानदार बलिङ‌ गरे। ८ ओभरमा ४२ रन खर्चेर ५ विकेट लिए। दुवै टिम सेमिफाइनलमा पुगिसकेका छन्। आजको नतिजाले सेमिफाइनल प्रतिद्वन्द्वीको टुंगो लाग्नेछ।

यसअघि समुह चरणको खेलमा भारतले पाकिस्तान र बङ्गलादेशलाई समान ६ विकेटले हराएको थियो। न्युजिल्यान्डले पाकिस्तानलाई ६० रनले र बंगालादेशलाई ५ विकेटले हराएको थियो।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.