10 months ago
March 4, 2025
एजेन्सी – च्याम्पियन्स ट्रफीको सेमिफाइनलमा अष्ट्रेलियाले भारतलाई जितको लागि २ सय ६५रनको चुनौती दिएको छ।
दुबई इन्टरनेशनल स्टेडियममा टस जितेर अष्ट्रेलियाले पहिलो ब्याटिङ रोज्यो। ४९. ३ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै अष्ट्रेलिया २ सय ६४ रनमा समेटियो।
अष्ट्रेलियाका ओपनर कुपर कनोली रनको खाता नखोली मोहम्मद सामीको बलमा आउट भए। दोस्रो विकेटको रुपमा ट्राभिस हेड ३९ रनमा वरूण चक्रवर्तीको बलमा शुभमन गिलको बलमा क्याच आउट भए।
त्यसपछि कप्तान स्टेभन स्मिथ र मार्नस लाबुसेनले तेस्रो विकेटको लागि ५६ रनको साझेदारी गरे। मार्नस २९ रनमा आउट भए।

लगत्तै जोस इङ्लिस ११ रनमा आउट भए। त्यसपछि स्मिथले फेरि एलेक्स क्यारीसँग ५४ रनको साझेदारी गरे। उनी ७३ रन जोडेर सामीको बलमा बोल्ड आउट भए।
त्यसपछि अर्धशतक बनाएका एलेक्स ६१ रन जोड्दै रन आउट भए। उनले ५७ बलको सामाना गर्दै ८ चौका र १ छक्का सहित ६१ रनको पारी खेले।
बलिङमा सामीले १० ओभरमा ४८ रन दिएर ३ विकेट झारे। वरूण चक्रवर्ती र रविन्द्र जडेजाले समान २ विकेट लिए।
भारत समूह विजेता र अष्ट्रेलिया उपविजेता बन्दै सेमिफाइनलमा पुगेका हुन्।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]