default_image

10 months ago

March 5, 2025

न्युजिल्याण्डले दक्षिण अफ्रिकाको सामान गर्ने

432 views

0 Bookmark

एजेन्सी- न्युजिल्यान्ड च्याम्पियन्स ट्रफीको दोस्रो सेमिफाइनलमा आज दक्षिण अफ्रिकासँग आज खेल्दैछन्।

दक्षिण अफ्रिकाले समूह चरणमा अफगानिस्तान र इङ्गल्याण्डलाई सहजै हराएको थियो। तर अष्ट्रेलियासँगको महत्वपूर्ण खेल रावलपिन्डीमा वर्षाका कारण रद्द भएपनि समूहको शीर्ष स्थानमा रहेको थियो।

न्युजिल्याण्ड जस्तै दक्षिण अफ्रिकी शीर्ष क्रमका ब्याटरहरू पनि राम्रो लयमा देखिएका छन्। ओपनर रायन रिक्लेटोनले अफगानिस्तान विरुद्ध आफ्नो पहिलो एकदिवसीय शतक प्रहार गरेका थिए। क्लासेनले इङ्गगल्याण्ड विरुद्ध चोटबाट फर्किएर अर्धशतक प्रहार गरे।

दक्षिण अफ्रिका लगातार तेस्रो पटक आईसीसी प्रतियोगिताको नकआउट चरणमा खेल्दै छ। गत वर्ष क्यारिबियनमा भएको टि ट्वान्टी विश्वकपको फाइनलमा भारतसँगको हारलाई बिर्सााउँदै दक्षिण अफ्रिका उपाधि जित्ने लक्ष्यमा रहेको छ। जसको लागि आज न्युजिल्यान्डको चुनौती पार गर्नुपर्नेछ।

न्युजिल्याण्ड पाकिस्तान पुगेको झन्डै एक महिना भइसकेको छ। उसले गद्दाफी स्टेडियममा च्याम्पियन्स ट्रफी अघि त्रिकोणात्मक शृङ्खलामा पाकिस्तान र दक्षिण अफ्रिकालाई हराएको थियो।

न्युजिल्याण्ड लाहोरका स्लो पिचहरूसँग परिचित छ। यही मैदानमा ग्लेन फिलिप्स र केन विलियमसनले उच्च स्कोरका खेलहरूमा शतक प्रहार गरेका थिए। तर न्यूजील्याण्ड दक्षिण अफ्रिकाको उत्कृष्ट बलिङ अटयाकबाट सचेत रहनेछ। किनभने कागिसो रबाडा र मार्को जानसेनले त्रिकोणात्मक शृङ्खलामा खेलेका थिएनन। तर कुनै पनि पिचमा ब्याट्सम्यानहरूलाई चुनौती दिने क्षमता राख्छ्न्।

हिजो भएको सेमिफाइनलमा भारतले अष्ट्रेलियालाई हराएपछि फाइनल खेल दुबईमा हुने निश्चित भएको छ। आजको खेल विजेता फेरि दुबई उड्नेछ।

भारतले पाकिस्तान खेल्न नजाने भएफछि अनमय टिमलाई आवात जावतमा समय खर्चन परिरहेको छ। आजको विजेता र भारतबीच च्याम्पियन्स ट्रफीको उपाधिका लागि प्रतिस्पर्धा हुनेछ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.