10 months ago
March 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- युगान्डा हुने उमन्स डे कप टि ट्वान्टी क्रिकेट खेल्न जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बिदाइ गरिएको छ।
नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्का र प्रवक्ता छुम्पी लामाले टोलीलाई बुधवार बिदाइ गरे।
सचिव खड्काले विश्व कप छनोट अगाडि तयारीको रुपमा नेपाली महिला टोलीलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय एक्सपोजर बढी भन्दा बढी उपलब्ध गराउने योजना अनुरुप यो सिरज रहेको बताए।
उनले नेपाली महिला टोलीलाई अहिले मुल्याङ्कन गर्न थालिएको र टोली अहिले पुर्ननिर्माणको चरणमा रहेको पनि बताए। उनले टोलीलाई जितको लागि शुभकामना दिए।
प्रमुख प्रशिक्षक मनोज कटुवालले छोटो समयको प्रशिक्षणमा फिटनेस र फिल्डिङमा नै केन्द्रीत भएको बताए। उनले क्यानले उपलब्ध गराएको ट्रेनरले पनि टोलीलाई धेरै सहयोग पुगेको जानकारी दिए।
उनले यसअघि टियु मैदानमा त्रिकोणात्मक सिरजमा ६ खेलमा हारेपनि यो पटक जित्नेमा टोली विश्वस्त रहेको बताए। कटुवालले अनुभवी र युवाको समिश्रणले यो पटक टोली मजबुत रहेको पनि बताए।
कप्तान इन्दु बर्माले राम्रो क्रिकेट खेलेर फर्किने बताइन्।
यो पटक टिममा युवा प्रतिभाशाली खेलाडी साना प्रविन र रिया शर्माले पहिलो पटक राष्ट्रिय टिममा स्थान बनाएका छन्।
यो पटक नियमित तथा अनुभवी खेलाडी सीता राना मगरसँगै कविता कुँवर पहिलो चरणको प्रशिक्षणमा नै सामेल थिएनन्। उनीहरु चोटको कारण टिममा नरहेको प्रशिक्षक कटवलाले बताए।
फागुन २४ देखि चैत ३ गतेसम्म हुने (मार्च ८ देखि १६ सम्म ) उमन्स डे कपमा नेपाल सहित आयोजक युगान्डा, नामिबिया र हङकङको सहभागिता रहनेछ।
यी चार राष्ट्रले डबल राउन्ड रोबिनको आधारमा खेल्नेछन्। शीर्ष दुई टोलीले फाइनल खेल्नेछन्। नेपालले पहिलो खेल शनिवार नामिबियासँग खेल्नेछ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]