10 months ago
March 5, 2025
एजेन्सी – रचिन रविन्द्र र केन विलियम्सनको सानदार साझेदारीमा न्युजिल्याण्डले च्याम्पियन्स ट्रफीको सेमिफाइनलमा दक्षिण अफ्रिकालाई जितको लागि ३ सय ६३ रनको विशाल चुनौती दिएको छ।
लाहोरको गद्दाफी स्टेडियममा टस जितेर पहिले ब्याटिङ गर्यो। निर्धारित ५० ओभरको खेलमा ६ विकेट गुमाउँदै ३ सय ६२ रनको सानदार योगफल बनायो।
विल योङ्ग २१ रनना आउट हुँदा पहिलो विकेटको रूपमा आउट भए। यतिखेर न्युजिल्यान्डले ४८ रन मात्र बनायो। यसपछि रचिन र विलियम्सनले दोस्रो विकेटको लागि १६४ रनको सानदार साझेदारी गरे। यो सँगै न्युजिल्यान्ड ठुलो स्कोर तर्फ अगाडि बढ्यो।
दुवैले शतकीय पारी खेले। राचिनले १ सय १ बलबाट १३ चौका र १ छक्का सहित १ सय ८ रनको उत्कृष्ट पारी खेले। विलियाम्सनले ९४ बल खेल्दै १० चौका र २ छकमका सहित १ सय २ रनको उत्कृष्ट पारी खेले।
डारियल मिचेलले अर्धशतकबाट १ रनले चुके। उनी ४९ रनमा आउट भए। यसपछि ग्लेन फिलिप्सले २७ बलबाट ६ चेका र १ छक्का सहित अविजित ४९ रन बनाए।
बलिङमा दक्षिण अफ्रिका फितलो रहयो। लुङ्गी एनगिडीले ३ विकेट र कागिसो राबडाले २ विकेट लिए।
हिजो भएको सेमिफाइनलमा भारतले अष्ट्रेलियालाई हराएपछि फाइनल खेल दुबईमा हुने निश्चित भएको छ। आजको खेल विजेता फेरि दुबई उड्नेछ। आजको विजेता र भारतबीच च्याम्पियन्स ट्रफीको उपाधिका लागि प्रतिस्पर्धा हुनेछ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । प्रतियोगितामा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम प्रदेशका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]