default_image

10 months ago

March 5, 2025

न्युजिल्यान्ड च्याम्पियन्स ट्रफीको फाइनलमा

1511 views

0 Bookmark

एजेन्सी – न्युजिल्याण्ड च्याम्पियन्स ट्रफीको फाइनलमा प्रवेश गरेको छ ।

दोस्रो सेमिफाइनलमा बुधवार दक्षिण अफ्रिकालाई ५० रनले हराउँदै न्युजिल्याण्ड अन्तिम दुईमा पुगेको हो  ।
न्युजिल्यान्डले आइतवार हुने फाइनलमा भारतको सामना गर्नेछ ।

भारतले पहिलो सेमिफाइनलमा अस्ट्रेलियालाई ५ विकेटले हराउँदै फाइनलमा पुगेको  थियो । समूह चरणमा भारतले न्युजिल्यान्डलाई हराएको थियो।

समूह चरणमा उत्कृष्ट प्रदर्शन गरेको दक्षिण अफ्रिका सेमिफाइनलमाबाट अघि बढ्न सकेन । ।
३ सय ६३ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर ३ सय १२ रन बनायो ।

टोलीका डेभिड मिलरले शतकीय पारी खेले । उनले ६७ बलमा १० चौका र ४ छक्कासहित नटआउट १ सय रन बनाए ।

रस्सिभानडर दुसेन र कप्तान तेम्बा बाबुमाले अर्धशतक बनाए । दुसेनले ६९ र कप्तान तेम्बाले ५६ जोडे । एडन मार्कमले ३१, रायन रिकेलटनले १७ रन बनाए ।

न्युजिल्याण्डका लागि कप्तान मिचेल सान्टनरले ३, म्याट हेनरीले २, रचिन रविन्द्र र माइकल ब्रासवेलले समान १ विकेट लिए ।        

त्यसअघि पाकिस्तानको लाहोरस्थित गद्दाफी स्टेडियममा टस जितेर ब्याटिङ रोजेको न्युजिल्याण्डले  ५० ओभरमा ६ विकेट गुमाएर ३ सय ६२ रन बनायो । उसका लागि रचिन र केन विलियम्सनले शतक बनाए।

विल योङ्ग २१ रनमस आउट हुँदा पहिलो विकेटको रुपमा आउट भए। यतिखेर न्युजिल्यान्डले ४८ रन मात्र बनायो। यसपछि रचिन र विलियम्सनले दोस्रो विकेटको लागि १ सय ६४ रनको सानदार साझेदारी गरे। यो सँगै न्युजिल्यान्ड ठुलो स्कोर तर्फ अगाडि बढ्यो।

दुवैले शतकीय पारी खेले। रचिनले १ सय १ बलबाट १३ चौका र १ छक्का सहित १ सय ८ रनको उत्कृष्ट पारी खेले। विलियम्सनले ९४ बल खेल्दै १० चौका र २ छकमका सहित १ सय २ रन बनाए ।

डारियल मिचेलले अर्धशतकबाट १ रनले चुके। उनी ४९ रनमा आउट भए। यसपछि ग्लेन फिलिप्सले २७ बलबाट ६ चेका र १ छक्का सहित अविजित ४९ रन बनाए।

बलिङमा दक्षिण अफ्रिका फितलो रहयो। लुङ्गी एनगिडीले ३ विकेट र कागिसो राबडाले २ विकेट लिए। न्युजिल्यान्ड फाइनलको लागि दुबई जानेछ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.