default_image

9 months ago

March 6, 2025

ललितपुर बन्यो बागमती छनोटको च्याम्पियन

354 views

0 Bookmark

काठमाडौं(हाम्रो खेलकुद) – ललितपुर जिल्ला प्रधानमन्त्री कप बागमती प्रदेश छनोट प्रतियोगिताको च्याम्पियन बनेको छ ।

बिहीवार भएको फाइनल खेलमा मकवानपुर जिल्लालाई ६५ रनले पराजित गरि ललितपुर च्याम्पियन बनेको हो । ललितपुरले दिएको १ सय ९३ रनको लक्ष्य पछ्याएको मकवानपुर ३९.५ ओभरमा १ सय २७ रनमा समेटियो ।

मकवानपुरका लागि विशाल फुयालले ६४ बलमा सर्वाधिक ४१ रन जोडे । युविन बुढाथोकीले ६८ बलमा २५ तथा रिजन ढकालले ३१ बलमा १६ रन जोडे ।

ललितपुरका लागि नन्दन यादवले ४, सुर्य तामाङले ३ तथा विपिन आचार्यले २ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको ललितपुर ४९.३ ओभरमा १ सय ९२ रनमा समेटियो । ललितपुरका लागि आदिल खानले ६४ बलमा सर्वाधिक ५५ रनमा समेटियो ।

सुर्य तामाङले ३३ बलमा ३६ तथा आशुतोष घिरैयाले ६३ बलमा २८ रन जोडे । मकवानपुरका लागि साकार गजुरेलले ४, समिर चौलागाईंले २ तथा रिजन ढकालले १ विकेट लिए ।

प्रतियोगितामा भक्तपुरका शौरभ सखलर्मी उत्कुष्ट ब्याटर भए । ललितपुरका सुर्य तामाङ प्रतियोगिताको उत्कृष्ट बलर तथा ललितपुरका नन्दन यादव प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी भए ।

December 13, 2025

लुम्बिनी एनपिएलको नयाँ च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]

December 13, 2025

एनपिएल फाइनल – सुदूरपश्चिम ८५ रनमा अलआउट

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]

December 13, 2025

सुदूरपश्चिमविरुद्ध रोहित ह्याट्रिक

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले नेपाल प्रिमियर लिगको फाइनलमा ह्याट्रिक विकेट लिएका छन् । कीर्तिपुरस्थित टियु रंगशालामा जारी नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा रोहितले सुदूरपश्चिम विरुद्ध ह्याट्रिक विकेट लिएका हुन् । ब्याटिङमा संघर्ष गरिरहेको सुदूरपश्चिमविरुद्ध रोहितले ११ औं ओभरमा ह्याट्रिक पूरा गरेका हुन्। ११ औं ओभरको चौथो बलमा रोहितको बलिङमा सुदूरपश्चिमका […]

Success

Thank you for your time.