default_image

9 months ago

March 7, 2025

नामिबियासँग पहिलो पटक खेल्दै नेपाल

1946 views

0 Bookmark

काठमाडौं(हाम्रो खेलकुद) – नेपाली महिला क्रिकेट टोलीले युगान्डामा हुने वुमेन्स टि ट्वान्टी क्वाट्यान्गुलर सिरिजको खेलमा शनिवार नामिबियासँग खेल्दैछ ।

नेपालले नामिबियाको महिला टोलीको पहिलाे पटक खेल्न लागेको हो । युगान्डाको एन्टेब्बे क्रिकेट ओभलमा नेपाली समय अनुसार खेल दिउँसो ४ः४५ बजे सुरु हुनेछ ।

नेपाली महिला टोलीले पहिलो पटक एसिया महादेश बाहिर गएर खेल्दैछ । सिरिजमा घरेलु टोली युगान्डा, नेपाल, नामिबिया र हङकङको सहभागिता छ । सिरिजमा सबै टोलीले एकअर्कासँग दुई खेल खेल्नेछन् ।

लिग चरणको खेलमा शीर्ष २ मा रहने टोलीबीच फाइनल खेल हुनेछ । नेपाली टोली आफुले खेलेका पछिल्ला ५ खेलमा नै पराजित भएको छ । नामिबियाले भने पछिल्ला ५ मध्ये ४ खेलमा जित हासिल गरेको छ ।

नेपालको खेल तालिका

फागुन २४ गते(मार्च ८) – नामिबियासँग
फागुन २५ गते(मार्च ९) – युगान्डासँग
फागुन २६ गते(मार्च १०) – हङकङसँग
फागुन २८ गते(मार्च १२) – नामिबियासँग
फागुन २९ गते(मार्च १३) – युगान्डासँग
फागुन ३० गते(मार्च १४) – हङकङसँग

नेपाली टोली

इन्दु बर्मा (कप्तान), रुबिना क्षेत्री, विन्दु रावल,रिया शर्मा, सम्झना खड्का, ममता चौधरी, पुजा महतो, राजमती ऐरी, कविता जोशी, एलिशा कुमारी यादव, रोमा थापा, रचना चौधरी, साना प्रविन र इश्वरी बिष्ट।

December 13, 2025

लुम्बिनी एनपिएलको नयाँ च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]

December 13, 2025

एनपिएल फाइनल – सुदूरपश्चिम ८५ रनमा अलआउट

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]

December 13, 2025

सुदूरपश्चिमविरुद्ध रोहित ह्याट्रिक

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले नेपाल प्रिमियर लिगको फाइनलमा ह्याट्रिक विकेट लिएका छन् । कीर्तिपुरस्थित टियु रंगशालामा जारी नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा रोहितले सुदूरपश्चिम विरुद्ध ह्याट्रिक विकेट लिएका हुन् । ब्याटिङमा संघर्ष गरिरहेको सुदूरपश्चिमविरुद्ध रोहितले ११ औं ओभरमा ह्याट्रिक पूरा गरेका हुन्। ११ औं ओभरको चौथो बलमा रोहितको बलिङमा सुदूरपश्चिमका […]

Success

Thank you for your time.