default_image

10 months ago

March 7, 2025

भारत र न्युजिल्याण्ड दोस्रो पटक च्याम्पियन्स ट्रफीको फाइनलमा भिड्दै

1926 views

0 Bookmark

एजेन्सी – भारत र न्युजिल्याण्ड दोस्रो पटक च्याम्पियन्स ट्रफीको उपाधिका लागि आमने सामने हुँदैछन् ।

भारत र न्युजिल्याण्डबीचको फाइनल आइतवार युएईको दुबई क्रिकेट स्टेडियममा नेपाली समय अनुसार आइतवार दिउसो २ः४५ बजे सुरु हुनेछ । यी दुई टोली च्याम्पियन्स ट्रफीको उपाधिका दोस्रो पटक भिड्दै छन् ।

सन् २००० मा केन्यामा आयोजना भएको दोस्रो च्याम्पियन्स ट्रफीको फाइनलमा दुवै टोलीबिच भेट भएको थियो । त्यसमा न्युजिल्याण्डले भारतलाई ४ विकेटले पराजित गरेको थियो ।

२ सय ६५ रनको लक्ष्य न्युजिल्याण्डले ४९.४ ओभरमा ६ विकेट गुमाएर पूरा गरेको थियो । न्युजिल्याण्डका लागि क्रिस काइरेन्सले नट आउट शतक प्रहार गरेका थिए ।

त्यतिबेला न्युजिल्याण्डको टोलीको कप्तानी स्टेफन फ्लेमिङले गरेका थिए । भारतीय टोलीको कप्तान सौरभ गांगुलीले शतक प्रहार गरेका थिए ।

यस पटक फाइनल भेटका भारतले सेमिफाइनलमा अस्ट्रेलियालाई तथा न्युजिल्याण्डले दक्षिण अफ्रिकालाई पराजित गरेको थियो । समूह चरणमा भारतले न्युजिल्यान्डलाई हराएको थियो।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.