10 months ago
March 7, 2025
सुमन अधिकारी ,बुटवल
प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा सहभागी हुने लुम्बिनी प्रदेशको टिमको नेतृत्व देव खनालले गर्ने भएका छन् ।
लुम्बिनी प्रदेश क्रिकेट संघले शुक्रवार देवको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको हो ।
संघका सचिव कैलाश रोक्का मगरका अनुसार नेपाली अन्डर–१९ का कप्तान समेत रहेका देवको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरिएको छ ।
टिममा आकाश त्रिपाठी, मिन्राल गुरुङ, प्रज्वल थापा मनिश थापा, सम्राट भुसाल, सुशान्तसिंह थापा, नरबहादुर सार्की, विरबहादुर घर्ती, रमेश कुर्मी, निर्मल गुरुङ, अजय चौहान, कृष्ण कार्की, सल्लाउदिन खान र विर्पशन केसी रहेका छन् ।
अतिक्ति खेलाडीमा तुलबहादुर थापा, राजेन्द्र वम, रौनक श्रीवास्तव, दिनेश बोहोरा र मो। हुसेन छनौट भएका सचिव रोक्काले जनाएका छन् ।
टिमको प्रशिक्षकमा बसन्त शाही, टिम म्यानेजरमा शंकर राना र भिडीयो एनालिास्टमा कृष्ण भुसाल रहेको संघले जनाएको छ । लुम्बिनीले पहिलो खेल उद्घाटनका दिन कोशी प्रदेशसंग सिद्धार्थ रंगशालामा खेल्ने छ ।
प्रतियोगिताको उद्घाटन तिलोात्तमामा रहेको एक्स्ट्राटेक ओवल क्रिकेट मैदानमा आइतवार सुरु हुदैछ ।
प्रतियोगिताका सबै पहिलो पटक काठमाडौं बाहिर लुम्बिनी प्रदेशका दुई जिल्लामा हुदैछ । जसमा रुपन्देही तिलोत्तमाको एक्स्ट्राटेक ओवल क्रिकेट मैदान र भैरहवाको सिद्धार्थ रंगशाला तथा दाङ लमहीको क्रिकेट मैदानमा हुदैछ ।
जसमा एक्ट्राटेकमा १५, भैरहवामा १७ र लमहिमा १४ खेल हुने छ । प्रतियोगिताको फाइनल भैरहवामा हुनेछ । प्रतियोगितामा ७ प्रदेश र ३ विभागीय सहित १० टोलीको सहभागिता रहेको छ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]