default_image

10 months ago

March 8, 2025

लिग टु – नेदरल्याण्ड्सले नामिबियालाई हरायो

758 views

0 Bookmark

एजेन्सी – विश्व कप लिग टु अन्तर्गत नेदरल्याण्ड्सले घरेलु टोली नामिबियालाई हराएको छ ।

नेदरल्याण्ड्सले शुक्रवार नामिबियालाई ५३ रनले पराजित गरेको हो । १ सय ६० रनको लक्ष्य पछ्याएको नामिबिया ३० ओभरमा सबै विकेट गुमाएर १ सय ६ रनमा समेटियो ।

नामिबियाका लागि कप्तान जेहार्ड एरास्मसले सर्वाधिक ३१ रन जोडे । उनले ३९ बलको सामना गर्दै ३ चौका र २ छक्का प्रहार गरे । रुबेन ट्रम्पलम्यानले ३८ बलमा २ चौका र १ छक्काको सहयोगमा नट आउट २५ रन बनाए ।

मलान क्रुजर १२ तथा निकोलस डेभिन ११ रनमा आउट भए । नेदरल्याण्ड्सका लागि जेच लायन र आर्यन दत्तले समान ३, कायल क्लेनले २ , टिम भान डर गुक्टेन र कोलिन एकरम्यानले समान १ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्स ३९.१ ओभरमा १ सय ५९ रनमा समेटियो । नेदरल्याण्ड्सका लागि तेजा निदामानिरुले सर्वाधिक ४७ रन जोडे । उनले ५४ बलमा १ चौका र ३ छक्का प्रहार गरिन् । म्याक्स ओ डाउडले ५८ बलमा ३ चौका र २ छक्काको सहयोगमा ४३ रन बनाए ।

विक्रमजित सिंहले ६३ बलमा २ चौका र १ छक्काको सहयोगमा ३७ रन जोडे । नेदरल्याण्ड्सका अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

प्लेयर अफ द म्याच नामिबियाका बेर्नाड स्कोट्जेले ४ विकेट लिए । जेजे स्मिथ र कप्तान एरास्मसले समान २, रुबेन ट्रम्पलम्यान र जान निकोल लफ्टी इटनले समान १ विकेट लिए ।

जितसँगै नेदरल्याण्ड्स १४ खेलमा १७ अंकका साथ चौथो स्थानमा छ । नामिबिया १७ खेलमा १२ अंकका साथ छैठौं स्थानमा छ । नेपाल १२ खेलमा ६ अंकका साथ तालिकाको पुछारबाट दोस्रोमा छ । अमेरिका १६ खेलमा २२ अंकका साथ शीर्ष स्थानमा छ ।

लिगमा ८ टोलीको सहभागिता रहेको छ । लिगको शीर्ष ४ मा रहने टोली सन् २०२७ को ओडिआई विश्व कपको ग्लोबल छनोटका लागि छानिने छन् । पुछारका ४ टोलीले भने ग्लोबल छनोटमा स्थान बनाउन प्लेअफ खेल्नु पर्ने हुन्छ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.