default_image

9 months ago

March 8, 2025

अनिलको कप्तानीमा मधेश टोलीको घोषणा

716 views

0 Bookmark

काठमाडौं(हाम्रो खेलकुद) – प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि मधेश प्रदेशको टोली घोषणा भएको छ ।

मधेश प्रदेश क्रिकेट संघले शनिवार अनिल शाहको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको छ । नेपाल प्रिमियर लिग(एनपिएल) का क्रममा घाइते बनेका अनिलले टोलीको कप्तानका रुपमा पुनरागमन गरेका छन् । अनिलले केही महिना अघि भएको जय ट्रफी मेन्स एलिट कप गुमाएका थिए । गत संस्करणको पिएम कपमा उत्कृष्ट प्रदर्शन गरेका पवनले लामो समय पछि घरेलु क्रिकेटमा पुनरागमन गरेका छन् ।

आइतवार सुरु हुने प्रतियोगिताको सबै खेल पहिलो पटक काठमाडौं बाहिर हुदैछ । यस संस्करणको प्रतियोगिता लुम्बिनी प्रदेशका ३ क्रिकेट मैदानमा हुँदैछ । प्रतियोगिताका खेलहरु रुपन्देहीका २ तथा दाङमा रहेको १ क्रिकेट मैदानमा हुदैछ ।

कर्णाली प्रदेशको पहिलो खेल मंगलवार कोशी प्रदेशसँग सिद्धार्थ रंगशालामा हुनेछ । प्रतियोगितामा ७ प्रदेश र ३ विभागीय टोली सहित १० टिमको सहभागीता रहेको छ ।

सिङ्गल राउण्ड रोबिनका आधारमा हुने प्रतियोगिताको शीर्ष २ टोलीबीचमा फाइनल खेल हुनेछ ।

मधेशको टोली

अनिल साह, पवन सरार्फ, मयन यादव, कमल गुप्ता, निखिल सिंह, रञ्जित कुमार, राजेश यादव, विशाल पटेल, रोहन विक, प्रदिप पासवान, रुपेश सिंह, दिपेश दास, हरिशंकर साह, शैलेन्द्र साह र सन्नी साह

टिम मुख्य प्रशिक्षकमा सुनिल साह तथा सहायक प्रशिक्षकमा शिब तण्डुकार रहेका छन् ।

December 10, 2025

काठमाडौंलाई हराउँदै लुम्बिनी क्वालिफायर ‘टु’ मा

काठमाडौं (हाम्रो खेलकुद)- चौथो स्थानमा रहँदै प्ले अफ‌ पुगेको लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) क्वालिफायर ‘टु’ को यात्रा तय गरेको छ। काठमाडौं गोर्खाजलाई एलिमिनेटरमा आज ४ विकेटले हराउँदै लुम्बिनीले विराटनगर किङ्ससँगको भेट पक्का गरेको हो। १ सय १२ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १७.४ ओभरमा ६ विकेट गुमाउँदै जित निकाल्यो । लुम्बिनीले पनि ब्याटिङमा केही […]

December 10, 2025

लुम्बिनीविरुद्ध काठमाडौंको ब्याटिङ चलेन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी रोयल्सका स्पिनर चम्किएपछि काठमाडौं गोर्खाजले आज नेपाल प्रिमियर लिग (एनपिएल) को एलिमिनेटरमा खुलेर ब्याटिङ गर्न सकेन।‌ टस जितेर पहिला ब्याटिङ रोजेको काठमाडौंले त्यसको फाइदा उठाउन सकेन । स्पिनर शेर मल्ल, कप्तान रोहित पौडेल र अभिषेश गौतमले ७ विकेट लिएपछि काठमाडौंले १९.१ ओभरमा अलआउट हुँदै १ सय‌ ११ रन मात्र बनाउन सक्यो। […]

December 10, 2025

काठमाडौंले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) मा आज एलिमिनेटरमा काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स खेल्दैछन्। काठमाडौंका कप्तान करण केसीले टस जितेर ब्याटिङ रोजेका छन् । रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले फिल्डिङ गर्नेछ। लिग चरणमा काठमाडौंले लुम्बिनीलाई २२ रनले हराएको थियो। त्यो खेलमा लुम्बिनीले टस जितेर पहिला फिल्डिङ नै रोजेको थियो। काठमाडौंले अघिल्लो खेलकै टोलीलाई […]

Success

Thank you for your time.