default_image

9 months ago

March 8, 2025

महिला क्रिकेटलाई चलायमान बनाउने क्यानको‌ योजना

530 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) ले यो पटक बर्षभरि नै महिला क्रिकेटलाई चलायमान बनाउने योजना अनुरूप महिला क्रिकेटलाई प्राथमिकतामा राखेको जनाएको छ

क्यानले शनिवार सन् २०२५ को‌ वार्षिक क्यालेण्डर सार्वजनिक गरेको हो । जसमा महिला पुरुष सिनियर जुनियर गरेर प्रतियोगिता र अन्यगरि ५५ वटा कार्यक्रम समावेश गरिएको‌ छ ।

तुलनात्मक रूपमा यो पटक महिलाहरूले खेल्ने अन्तराष्ट्रिय प्रतियोगिताको सङ्ख्या पनि बृद्धि भएको छ।

प्रतियोगिताको सङ्ख्या मात्र वृद्धि भएको हो या सपोर्ट स्टाफ लगायतको सुविधाको बारे क्यानको योजना कस्तो छ भन्ने प्रश्नमा सचिव खड्काले विदेशी प्रशिक्षक लगायत सपोर्ट स्टाफ सबै बृद्धि हुने जानकारी दिए।

महिला टिमको राष्ट्रिय र अन्तरराष्ट्रिय तालिका यस्तो छ।

महिला अन्तर्राष्ट्रिय क्रिकेट

  • २ हप्ताको फिटनेस र फिल्डिङ क्याम्प (फेब्रुअरी)
  • नेपाल युगाण्डा भ्रमण (टी-२०आई, युगाण्डा क्वाड्राङ्गुलर) (मार्च)
  • आईसीसी महिला टी-२० विश्वकप एसिया छनोट (मे १७-२४) – थाइल्याण्ड, हङकङ, यूएई, कुवेत, मलेसिया, नेपाल, कतार
  • महिला इमर्जिङ टिम्स एसिया कप (थाइल्याण्ड) (जुन)
  • नेपाल महिला टोलीको श्रीलंका भ्रमण (प्रस्तावित) (अक्टोबर)
  • नेपाल महिला टोलीको युगाण्डा, नामिबिया, नेदरल्यान्ड्सविरुद्ध सिरिज (नेपालमा) (नोभेम्बर)

महिला घरेलु क्रिकेट

  • पिएम कप (जनवरी १४-२५)
  • १०औं राष्ट्रिय खेलकुद (मे १७-२६)
  • महिला एलिट कप (५० ओभर) (सेप्टेम्बर)

महिला यु-१९ क्रिकेट

  • आईसीसी यु-१९ महिला क्रिकेट विश्वकप (फेब्रुअरी)
  • राष्ट्रिय विद्यालय च्याम्पियनसिप (अप्रिल)
  • यु-१९ विद्यालय च्याम्पियनसिप (सेप्टेम्बर)

December 6, 2025

भारतले दक्षिण अफ्रिकाविरुद्धको ओडिआई सिरिज जित्यो

एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]

December 6, 2025

तेस्रो जितसहित पोखराले एनपिएलको अन्त्य गर्यो

काठमाडौं (हाम्रो खेलकुद)- पोखरा एभेन्जर्सले पाँचौं स्थानमा रहँदै नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको अन्त्य गरेको छ। पोखराले ७ मध्ये तेस्रो जित निकाल्दै एनपिएलको यात्राको अन्त्य गरेको हो। एडम रोसिङ्गटन र अर्जुन कुमालको शतकीय साझेदारीमा पोखराले चितवन राइनोजलाई ८ विकेटको फराकिलो अन्तरमा हरायो। जितको लागि १ सय २१ रनको सामान्य लक्ष्य पोखराले १९.४ ओभरमा पूरा […]

December 6, 2025

पोखरालाई चितवनको सामान्य चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको ‌नेपाल प्रिमियर लिग (एनपिएल) मा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई जितको लागि १ सय २१ रनको चुनौती दिएको छ। टस जितेर ब्याटिङ गरेको चितवनले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय २० रन बनायो। जारी एनपिएलमा पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि जनकपुरले काठमाडौं गोर्खाजविरुद्ध १ सय […]

Success

Thank you for your time.