9 months ago
March 8, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगान्डामा जारी वुमन्स डे टि ट्वान्टी आई सिरिजमा नामिबियाविरुद्ध नेपाल सस्तैमा समेटिएको छ ।
जारी खेलमा नामिबियाविरुद्ध नेपाल ९२ रनमा समेटिएको हो । युगान्डाको एन्टेब्बे क्रिकेट ओभलमा टस जितेर ब्याटिङ रोजेको नेपाल निर्धारित २० ओभरको अन्तिम बलमा ९२ रनमा समेटियो ।
नेपालका लागि ओपनर सम्झना खड्काले ११ बलमा सर्वाधिक १८ रन जोडिन् । सम्झनाले ४ चौका प्रहार गरेकी थिइन् । कविता जोशले ३१ बलमा १ चौकाको सहयोगमा १६ रन बनाइन् । पुजा महतोले २० बलमा १३ रन जोडिन् ।
इश्वरी बिष्ट १४ बलमा २ चौकाको सहयोगमा १७ रनमा नट आउट रहिन् । नामिबियाका लागि मिकेली मावातेली र विकि मावातेलीले समान ३ तथा काइलेन ग्रिनले २ विकेट लिइन् । नेपाल र नामिबियाको महिला क्रिकेट टोलीबिच हुन लागेको यो पहिलो खेल हो ।
नेपाली महिला टोली पहिलो पटक एसिया महादेश बाहिर गएर खेल्दैछ । सिरिजमा घरेलु टोली युगान्डा, नेपाल, नामिबिया र हङकङको सहभागिता छ । सिरिजमा सबै टोलीले एकअर्कासँग दुई खेल खेल्नेछन् ।
लिग चरणको खेलपछि शीर्ष २ मा रहने टोलीबीच फाइनल हुनेछ । नेपाली टोली आफुले खेलेका पछिल्ला ५ खेलमा नै पराजित भएको छ । नामिबियाले भने पछिल्ला ५ मध्ये ४ खेलमा जित हासिल गरेको छ ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]