9 months ago
March 8, 2025
काठमाडौं(हाम्रो खेलकुद) – प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि गण्डकी प्रदेशको टोली घोषणा भएको छ ।
गण्डकी प्रदेश क्रिकेट संघले शनिवार विपिन खत्रीको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको छ ।
आइतवार सुरु हुने प्रतियोगिताको सबै खेल पहिलो पटक काठमाडौं बाहिर हुदैछ । यस संस्करणको प्रतियोगिता लुम्बिनी प्रदेशका ३ क्रिकेट मैदानमा हुँदैछ । प्रतियोगिताका खेलहरु रुपन्देहीका २ तथा दाङमा रहेको १ क्रिकेट मैदानमा हुदैछ ।
गण्डकी प्रदेशको पहिलो खेल सोमवार सुदूरपश्चिम प्रदेशसँग एस्ट्राटेक ओभलमा हुनेछ । प्रतियोगितामा ७ प्रदेश र ३ विभागीय टोली सहित १० टिमको सहभागीता रहेको छ ।
सिङ्गल राउण्ड रोबिनका आधारमा हुने प्रतियोगिताको शीर्ष २ टोलीबीचमा फाइनल खेल हुनेछ ।
गण्डकीको टोली
विपिन खत्री(कप्तान), अर्जुन कुमाल, सुवास भण्डारी, मुस्कान थापा, अमृत गुरुङ, चन्द्रकान्त पौडेल, दिपक डुम्रे, समिर कडेल, भनस क्षेत्री, सुदिप अर्याल, कमल परियार, रोहित चन्द, सुजन गौतम, दिनेश बुढा मगर, सन्दिप पराजुली ।
December 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- चौथो स्थानमा रहँदै प्ले अफ पुगेको लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) क्वालिफायर ‘टु’ को यात्रा तय गरेको छ। काठमाडौं गोर्खाजलाई एलिमिनेटरमा आज ४ विकेटले हराउँदै लुम्बिनीले विराटनगर किङ्ससँगको भेट पक्का गरेको हो। १ सय १२ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १७.४ ओभरमा ६ विकेट गुमाउँदै जित निकाल्यो । लुम्बिनीले पनि ब्याटिङमा केही […]
December 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी रोयल्सका स्पिनर चम्किएपछि काठमाडौं गोर्खाजले आज नेपाल प्रिमियर लिग (एनपिएल) को एलिमिनेटरमा खुलेर ब्याटिङ गर्न सकेन। टस जितेर पहिला ब्याटिङ रोजेको काठमाडौंले त्यसको फाइदा उठाउन सकेन । स्पिनर शेर मल्ल, कप्तान रोहित पौडेल र अभिषेश गौतमले ७ विकेट लिएपछि काठमाडौंले १९.१ ओभरमा अलआउट हुँदै १ सय ११ रन मात्र बनाउन सक्यो। […]
December 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) मा आज एलिमिनेटरमा काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स खेल्दैछन्। काठमाडौंका कप्तान करण केसीले टस जितेर ब्याटिङ रोजेका छन् । रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले फिल्डिङ गर्नेछ। लिग चरणमा काठमाडौंले लुम्बिनीलाई २२ रनले हराएको थियो। त्यो खेलमा लुम्बिनीले टस जितेर पहिला फिल्डिङ नै रोजेको थियो। काठमाडौंले अघिल्लो खेलकै टोलीलाई […]