9 months ago
March 8, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगान्डामा जारी वुमन्स डे टि ट्वान्टी आई सिरिजमा नामिबिया र नेपालबीचको खेलमा बर्षा बाधक बनेको छ ।
नेपालले दिएको ९३ रनको लक्ष्य पछ्याएर ब्याटिङ गरिरहेको नामिबियाले ८ ओभरमा १ विकेट गुमाएर ३९ रन बनाएको स्थितीमा वर्षाका कारण खेल रोकिएको हो ।
त्यसअघि युगान्डाको एन्टेब्बे क्रिकेट ओभलमा टस जितेर ब्याटिङ रोजेको नेपाल निर्धारित २० ओभरको अन्तिम बलमा ९२ रनमा समेटिएको थियो ।
नेपालका लागि ओपनर सम्झना खड्काले ११ बलमा सर्वाधिक १८ रन जोडिन् । सम्झनाले ४ चौका प्रहार गरेकी थिइन् । कविता जोशले ३१ बलमा १ चौकाको सहयोगमा १६ रन बनाइन् । पुजा महतोले २० बलमा १३ रन जोडिन् ।
इश्वरी बिष्ट १४ बलमा २ चौकाको सहयोगमा १७ रनमा नट आउट रहिन् । नामिबियाका लागि मिकेली मावातेली र विकि मावातेलीले समान ३ तथा काइलेन ग्रिनले २ विकेट लिइन् । नेपाल र नामिबियाको महिला क्रिकेट टोलीबिच हुन लागेको यो पहिलो खेल हो ।
नेपाली महिला टोली पहिलो पटक एसिया महादेश बाहिर गएर खेल्दैछ । सिरिजमा घरेलु टोली युगान्डा, नेपाल, नामिबिया र हङकङको सहभागिता छ । सिरिजमा सबै टोलीले एकअर्कासँग दुई खेल खेल्नेछन् ।
लिग चरणको खेलपछि शीर्ष २ मा रहने टोलीबीच फाइनल हुनेछ । नेपाली टोली आफुले खेलेका पछिल्ला ५ खेलमा नै पराजित भएको छ । नामिबियाले भने पछिल्ला ५ मध्ये ४ खेलमा जित हासिल गरेको छ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]