9 months ago
March 8, 2025
हिमाल खरेल, मेचीनगर
झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो -नेपाल टि ट्वान्टी क्रिकेट प्रतियोगितामा सरस्वती क्रिकेट एकेडेमीलाई ६ विकेटले हराउँदै थन्डर–११ सेमिफाइनल प्रवेश गरेको छ ।
सरस्वती माविको खेल मैदानमा आज टस जितेर पहिलो ब्याटिङ गरेको सरस्वतीले १७.४ ओभरमा सबै विकेट गुमाउँदै ७९ रन बनाएको थियोे ।
सरस्वतीका लागि शौरभ ढकालले २० बल खेल्दै सर्वाधिक १८ रन बनाए । त्यस्तै, समिर महराले १४ बलमा १७ तथा सुनिल मिश्र र प्रेम सिंहले समान १२ रन बनाए । अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
बलिङमा थन्डरका लागि रोहित राजवंशीले सर्वाधिक ४ विकेट लिए । त्यस्तै, एलिट राईले २ , शिव राजवंशी, चन्द्र भट्टराई, आयुष न्यौपाने र विजय भट्टराईले समान १ विकेट लिए ।
८० रनको विजयी लक्ष्य पछ्याउने क्रममा थण्डरले ७.४ ओभरमा ४ विकेट गुमाउँदै जित निकाल्न सफल भयो ।
थन्डरका लागि विराट डाँगीले नटआउट २३ बलमा ४३ रन बनाए । चन्द्र भट्टराईले १६ बलमा २० तथा नृत्यले ६ बलमा १६ रन जोडे ।
बलिङतर्फ सरस्वतीका युवराज श्रेष्ठले ३ र नवराज भुजेलले १ विकेट लिए । थन्डरका रोहित राजवंशी प्लेयर अफ दि म्याच भए । उनले नगद १ हजार रुपैयाँ र मायाको चिनो प्राप्त गरे ।
प्रतियोगिताको फाइनल चैत ४ गते हुनेछ । प्रतियोगिताको विजेता टोलीले ५० हजार र दोस्रो टोलीले ३० हजार रुपैयाँ तथा ट्रफी प्राप्त गर्नेछ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]